July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

आफू पराजय भएपनि जनताको सेवामा सक्रिय भई अघि बढ्ने – डा.आलम

रौतहट, १५ मंसिर

रौतहट क्षेत्र नं.२ अन्तर्गत पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसको चुनाव चिन्ह्र रूख छाप लिएर डा।मो फिरदोस आलमले प्रतिनिधिसभा सदस्यबाट उम्मेदवारी दिएका हुन् ।
आलम नेपाली काँग्रेस पार्टीको धेरै नाम कमाएको नेता स्व। शेख ईद्रिशको नाति र पुर्वपक्षको लागि जेलमा रहेका पूर्वमन्त्री मो.अफताब आलमको ठूलो छोरा हुन । उनका बुवा आफताब आलम सांसद पदमा बहाल रहेकै बेलामा पक्राउ परेपछि बुवालाई सहयोग गर्न भन्दै उनले प्राविधिक प्रहरी निरीक्षकको पदबाट राजीनामा दिएका थिए । आलम नेपाल प्रहरीको प्राविधिक क्षेत्र तिरको प्रहरी निरीक्षक समेत रहेकोे थियो २०७३ सालमा पदमा राजिनामा दिएर उहाँ राजनीतिमा हुमिएको हो । हालै सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा हजुरबुबा र बाजेको विजयी लगभग ३० बर्ष देखि हुदै आएको क्षेत्र नं २ बाट काँग्रेसले आफ्नो उम्मेदवार गठबन्धनबाट बनाएको थियो सो क्षेत्रमा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार किरण साह विजयी भए ।
अघिल्लोपटक कांग्रेसका अफताब आलमसँग पराजित भएका साह यसपटक आफ्ताबका छोरा फिरदोश आलमलाई पराजित गर्दै विजयी भएका हुन् । साहले ३२ हजार ८४२ मत पाउँदा कांग्रेस उम्मेदवार आलमले २८ हजार २४८ मत मात्र पाए । शुरूमा माओवादी त्यसपछि संघीय समाजवादी फोरममा रहेका किरण पछिल्लो समय एमालेमा थिए ।

आलमको बुवा अफताब आलमबाट २०७० र २०७४ को चुनावमा पराजित हुनुभएको साहले आफ्नो राजनीति क्षेत्रमा दिनरात जनताको बिचमै रही सक्रिय राजनीति गर्दै आएको हुनाले यसपालि विजयी भयो तर यस क्षेत्रमा आलमको पहिलो पटकको उम्मेदवारी भएतापनि थोरै समयमा हजुरबुवा र बुवाको नामको ठूलो पहिचान रहेको हुनाले २८ हजार भन्दा बढी मत जनताले उहाँलाई दिएको हो । आफ्नो क्षेत्रको जनताहरूको मन आलमले थोरै समयमा जितेर दोस्रो स्थान लिन सफल भएका छन् ।

आफुले जीत हाँसिल गर्न नसकेतापनि जनताको सेवामा सदैव सक्रिय भई अघि बढ्ने उनले बताए । विजयी हुँदा जति पहल गर्न सकिन्थ्यो, त्यो जति गर्न नसकेतापनि आफुबाट सक्दो जनताको सेवामा निरन्तरता दिने उनले बताएका छन् । उनले जनताको सेवाको लागि जीत वा हार ठुलो विषय नरहेको आलमले उलेख गरे ।
आलमले मलाई प्रथम पटकको चुनावमा यसक्षेत्रका जनताले धेरै माया स्नेह र हौसला दिएको छ । लोकतन्त्रको परिभाषा नै हो आफनो हकअधिकार स्वतन्त्र रुपमा प्रयोग गर्ने जुन चाहि उहाका मतदाताले गरेको छ । विजयी र पराजय गराउने अधिकार संविधानले जनतालाई दिएको हुनाले यसपालि सायद मैले जनसमुदायको मन जित्न सफल हुन सकेन त्यसैले पराज्य भए यसमा कसलाई दोषारोपन वा गाली गलौज नगर्न अनुरोध समेत गरे । अबको याता ५ बर्षमा हरेक जनताको दुखसुखकोा सार्थी बनी पुन चुनावमा भाग लिने बताए ।