June 12, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सवै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि टोली खटने

प्रेमचन्द्र झा
मंसिर १५ गते

राैतहट। जिल्लाका सवै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि प्रविधिक कर्मचारी सहितको टोली खटने भएका छन ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्यालयका सभाकक्षमा गरेको अन्तरकृया गाेष्ठीमा साे जानकारी दिईएको हो । राष्ट्रिय परिचय पत्रलाई डिजिटल आईडीको रुपमा दिईएको हुदां सबैलाई पाहेक पर्ने उदेश्यले टोली खटने भएको कुरा विभागका निर्देशक सागरमणी पाठक जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीकाे अध्यक्षतामा भएको गाेष्ठिमा जिल्ला समन्वय समितिका प्रमुख रामअयाेध्या यादव,वाैधीमाई नगरपालिकाका प्रमुख प्रदिप यादव , नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा सहितले स्थानीय तहमा खटिने टाेलीलाई आ आफ्ना स्तरबाट सहयोग गर्ने प्रतिव्द्ता व्यक्त गरेका छन। सो अवसरमा जिल्लाका सवै जसो स्थानीय तहका प्रमुख उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत र जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थित रहेको थियो ।