July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटकाे चन्द्रपुरमा गल्फ लुब्रिकेन्टको शोरुमको उदघाटन

राम प्रवेश बैठा राैतहट,मंसिर १५ गते
नेपाल ल्युब आयल लिमिटेडले राैतहटकाे चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जयसवाल ट्रेडिंङ्ग कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको छ । ग्राहकलाई उच्च सेवा प्रदान गर्न यो नया शोरुम संचालनमा आएको हो ।

सो शोरुमको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका छन् । उद्घाटन गर्दै उनले गल्फ लुब्रिकेन्टले नेपालमै उत्पादन गरी उच्चतम गुणस्तरीय प्रदान गर्दै आएको बताए । नेपालमै रहेको शोरुम मध्य सबैभन्दा ठुलो शोरुम रौतहटमै रहेको हुँदा यसमा गर्व गर्नुपर्ने जनाए ।
यस्तै कार्यक्रमका बिशिस्ट अतिथी चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय सापकोटाले ब्यवासयिकतामा युवाको पनि भूमिका महत्वपुर्ण रहने कुरा जयसवाल ट्रेडिंङ्ग कन्सर्नका संचालक रवि जयसवालले सावित गरिसकेकाले थप प्रगतीको कामना गरे ।
नेपाल ल्युब आयल लिमिटेडका जेनेरल म्यानेजर गंगाराज भट्टराईले नयाँ उच्चस्तरीय शोरुमबाट सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहकमाझ उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
कार्यक्रमको अध्यक्षता ग्रहन गर्दै ट्रेडिंङ्ग कन्सर्नका संचालक रवि जयसवालले जिल्लामा गल्फ लुब्रिकेन्ट धेरै बिक्री गर्दै आएको र अबको वर्षमा समेत धेरै बिक्री गर्ने प्रतिवद्धता ब्यक्त गर्दै उत्कृष्ट शोरुम बनाउने बताए ।
कार्यक्रममा नव निर्वाचित प्रदेश सांसद समिर भट्टराई,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, प्रेस चौतारीका रमेश तिमल्सिना,प्रेस सेन्टरका सुब्बा कार्की, नेपाल खेलकुद महासंघ रौतहटका अध्यक्ष मधुसुदन धिताल तथा गल्फ लुब्रिकेन्टका रिटेलरहरुको सहभागिता रहेको थियो ।
नेपाल ल्युब आयल लिमिटेडले ३५ वर्षदेखि गल्फ लुब्रिकेन्ट उत्पादन गरी बिक्री वितरण गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो ।