मंसिर १२ गते
प्रेमचन्द्र झा
राैतहट ।व्यापारी राजनारायण साहकाे मृत्युको सत्य तथ्य जानकारी दिन मा गर्दै गरुडा नगरप्रमुख कन्तमणी जयसवालको नेतृत्वमा स्थानीय धर्नामा वसेका छन ।दिउँसो २ बजे सम्मको समय दिएर धर्ना वसेका हुन । प्रहरीले व्यापारी मृत्युको कारण सडक दुर्घटना भने पनि समय स्यान र सवारी साधन बारे खुलाउन सकेको छैन ।प्रहरीले धाईते साहलाई उपचार समेत नगराएको आरोप छ ।उपचार अभावमा मृत्यु भएकोमा व्यापारीहरुप्रहरी रबैया प्रति दुख व्यक्त गरेका छन ।धटना बारे प्रहरीले अनुसन्धान गरि रहेकाे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रामराजा केसरीले बताउनु भयो । प्रहरीले वास्तविक जानकारी नदिए पिडित परिवार स्थानिय व्यपारी छलफल गरि आन्दोलन गर्ने नगरप्रमुख कन्तमणी प्रसाद जयसवाळे जानकारी दिनु भयो । सोमबार बिहान मृत्युु भएका व्यापारी साहकाे लास प्रादेशिक अस्पताल गाैरमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले बताएको छ ।
More Stories
घरेलु कामदारको लागि कानून ल्याउन सरकारसमक्ष प्रभु साहको माग
पत्रकार महासंघ राैतहटको अध्यक्षमा ४ जनाकाे उम्मेदवारी,राम प्रवेश बैठा लगायत ११ जना सदस्य निर्विरोध ।
५१ प्रतिशत ढ लागि देशैभरी आन्दोलनका लागि तयार रहन महिला मोर्चाका अध्यक्ष बबिताको आह्वान