रौतहट २३,कार्तिक। रौतहट क्षेत्र न.४ (ख) का स्वतन्त्र उम्मेद्वार रवि जयसवाललाई गरुडाको वडा नम्वर ८ र ९ मा मतदाताहरुले भव्य स्वागत गरेका छन् । घरदैलोमा पुगेका स्वतन्त्र उम्मेद्वार लाई मतदाताले फुलमाला र अबिर लगाएर घरघरमा स्वागत गरेका हुन् ।
स्वतन्त्र उम्मेद्वार जयसवाल जिङगडिया,बिर्ता-गम्हरिया,शिसवा टोल लगायतका स्थानमा मतदाताको घरदैलोमा पुगेका थिए । मतदाताले अबको हाम्रो विधायक स्वतन्त्र उम्मेद्वार जयसवालनै भएको भन्दै उनलाई विजयी बनाउन आफूहरु अन्य स्थानमा पनि मत माग्दै हिँड्ने बताए ।
मतदातासँग भेट गर्दै जयसवालले आउँदो निर्वाचनमा जिप छापमा मतदान गर्न आह्वान गरे । मतदाताहरुले भर्खरका युवा र स्वतन्त्र बाट उठेको व्यक्ति भएकाले उनैलाई मतदान गरेर विजयी बनाउने बताएका छन् । अब दलका नेताहरुबाट विश्वास गुमेकाले स्वतन्त्रकै आश रहेको भन्दै आफूहरुले जयसवालकै पक्षमा मतदान गर्ने पनि उनीहरुले विश्वास दिलाए ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।