July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सखुअवा र भुसहाका मतदाता भन्छन् : यस पटक स्वतन्त्र उम्मेद्वार रविलाई जिताएर पठाउछौँ

रौतहट २२,कार्तिक ।

स्वतन्त्र उम्मेद्वार रवि जयसवाल पक्षमा मतदान आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त सुरु गरेको घरदैलो आज बृन्दावनको सखुअवामा पुगेको छ ।
टोलीले सखुअवाको घरघरमा पुगेर स्वतन्त्र उम्मेद्वार जयसवालको पक्षमा मतदान गर्न आग्रह गरेको छ ।स्वतन्त्र उम्मेदवार जयसवालको टिमले आज बृन्दावनको वडा न.७ सखुअवा-धमौरा र वडा न.९ भुषहामा घरदैलो गरेका हुन ।
सखुअवा पुगेका जयसवाललाई मतदाताले घरघरमा स्वागत गर्दै फुल माला र अबिर लगाइदिएर विजयको आशिर्वाद दिएका छन् ।
यस अघि जितेर गएकाहरु कमिशन कुम्ल्याउनै तल्लिन रहँदा गाउँ पछि परेको भन्दै अब दलका उम्मेद्वार नभई स्वतन्त्र उम्मेद्वार जयसवालको पक्षमा आफूहरु मतदान गर्न तयार भएर बसेको मतदाताहरु बताउने गरेका छन् ।
अब आफ्नो ठाउँको विकासका लागि पनि एक पटक हिम्मत गर्नु पर्ने भन्दै स्थानीय मतदाता सुन्दरिया देवीले यस पटक रविलाई जिताउन आफूहरु पनि लागि परेको बताइन् । स्वतन्त्र उम्मेद्वार रविले आफ्नो मुख्य एजेण्डा शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निशुल्क र गुणस्तरीय बनाउने विषयमा केन्द्रित रहेको भन्दै भौतिक विकासलाई पनि सँगै लिएर जाने बताए ।