September 7, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सर्वोच्चमा अदालतमा तोकियो मुद्दामा पेसी, प्रधानन्यायाधीशले तोकेनन् आफूलाई इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोकेका छन्। उनले आफ्ना लागि कुनै पनि इजालास तोकेका छैनन्। ती पेसीमध्ये सात संयुक्त र दुई एकल इजलास रहेको छ। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन।

गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए।

सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन। बीच-बीचमा बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ। प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानुनबमोजिम आ-आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्। तर नेपाल बारले भने प्रधानन्यायाधीशले राजीनामा नै दिनुपर्ने माग राख्दै आएका छन्।

प्रधानन्यायाधीश राणाले सोमबार प्रेस विज्ञप्तिमार्फत् आन्दोलनरत पक्षको माग सम्बोधनका लागि वार्तामा बोलाउँदै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित अन्य प्रतिवेदनहरू पनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।