रमेश कुमार यादव, बुन्दावन,पौष ०२ गते
बुन्दावन ५ मा जसपाको वडा कमिटी विस्तार भएको छ । बृन्दावन नगरपालिका जसपाका मेयर पदको भावी उम्मेदवार मो.शेख हकिमको अध्यक्षतामा कार्यक्रम आयोजन गरिएको थियो ।
कार्यक्रम बाट बृन्दावन नगरपालिका–५ को वार्ड कमिटि गठनको अध्यक्ष पदमा जसपाका युवा नेता रामनारायण बैठा सर्वसहमतबाट चुनिनु भएको छ । उपाध्यक्षमा पवन साह ,सचिवमा संजय साह ,कोषाअध्यक्षमा मिना देवी,सदस्यहरु प्रमोद ठाकुर,शंकर चौधरी,सुरेन्द्र चौधरी,जगतनारायण दास सहित २१ सदस्यी कमिटी गठन गरिएको छ । सो अवसरमा स्थनिय भद्रभलादमी सयकडौँ नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र