July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

मेयरकाे ईशारामा वडा कार्यालय सारेकाे भन्दै बृन्दावन ८ काे कार्यालयमा तालाबन्दी

 

मधेश खबर राैतहट,३० गते असाेज

राैतहट जिल्लाकाे बृन्दावन नगरपालीका वडा नम्बर ८ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।वडा अध्यक्ष रवीन्द्र प्रसाद साहले वडा कार्यालय सार्न खाेजेकाे भन्दै तालाबन्दी गरेको हो ।
वडा अध्यक्ष साहले नगर प्रमुख बिनाेद प्रसाद कुर्मीकाे ईसारामा साे वडाकाे बरगजवा टोलमा रहेको वडा कार्यालय बहुअरी गाउँमा सार्न खाेजेकाे भन्दै आज स्थानीयहरूले टायर बालेर प्रदर्शन गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्थानीय अशाेक कुशवाहाकाे नेतृत्वमा गएकाे स्थानियहरूले,वडा अध्यक्ष रवीन्द्र प्रसाद साह,मुर्दावाद ,वडा कार्यालय सार्न पाँइदैन,गरिवको जागिर खाेस्न पाइदैन लगायतको नाराका साथ नगर प्रमुख र वडा अध्यक्ष विरूद्व चर्काे नारावाजी गरेका छन्।

बृन्दावन नगरपालिकाकाे वडा नम्बर ८ मा बरगजवा, आकडपाथड र बहुअरी टाेल पर्दछ । तिनवटै टाेलकाे बिचकाे पायक पर्ने ठाउँ बरगजवा हाे । बर्षाैंदेखि उक्त ठाउँमा नै वडा कार्यालय रहि जनतालई सेवा दिईदै आएकाे हो ।

त्यहाँका स्थानीयका अनुसार विगत ११ वर्ष देखि बरगजवा टोलका संजय प्रसाद कुश्वाहाले सहायक सचिवको रुपमा काम गर्दै आइरहेको र हाल उक्त नगरपालिकामा नेकपा एकीकृत समाजवादीको स्थानीय सरकार भएपछि कुश्वाहालाई हटाएर आफ्नो आसेपासेलाई राख्न खोज्दा स्थानीयहरुले बिरोध गरेपछि। वडा साहले मेयर कुर्मीको इसारामा षड्यन्त्र पूर्वक सबै कागजपत्र लग्न लागेपछि स्थानीयहरूले मंगलबार सो वडा कार्यालयकाे मूल गेटमा ताल्चा लगाएकाे छ ।

हाल सहायक सचिव पद अर्थात एउटै पदमा बिना नियुक्तिकै संजय प्रसाद कुश्वाहा,रन्धिर यादव र श्यामबाबु साह लगायत तीन जना काम गरिरहेको छ। तर तिनै जना मध्ये सबभन्दा परिक्क र अनुभवी संजय कुश्वाहा रहेकोले स्थानीयहरुले बाँकी दुबै जनालाई हटाएर कुश्वावालाईनै कामकाज गर्न दिन माग राख्दै तालाबन्दी गरेको हो।

स्थानीयका अनुसार आफूहरूले उठाएकाे मागकाे बारेमा सुनवाइ नगरे कडा रूपमा प्रतिवाद गर्ने स्थानीयहरूले चेतावनी दिएका छन् । साथै वडा कार्यालयमा कार्यरत कर्मचारीहरू संजय कुशवाहा,धिरेन्द्र प्रसाद कुशवाहा,पसिन्दर महताे,सुनिता श्रीवास्तव,देवेन्द्र प्रसाद यादव लाई बिना हटाएकाे भन्दै विराेध गरिएको छ । बर्षाैंदेखि काम गर्दै आएका अनुभवी कर्मचारी लाई हटाई आफनाे मान्छे लाई भर्ना गर्न खाेजेकाे भन्दै विराेध गरिएको छ ।