रौतहट,मंसिर २९ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा बिधालय भवनको समुदघाटन गरिएको छ । सो नगरपालिकाको दयालपुर टोलमा रहेको बिधालयमा नयाँ भवन निर्माण पश्चात उदघाटन गरिएको हो ।
आज बुधवार एक कार्यक्रमका बिच नगर प्रमुख सन्तलाल चौधरीले समुदघाटन गर्नु भएको थियो । नगर स्तरीय योजना बाट करिब १६ लाखको लागतमा २ कोठे भवन निर्माण भएको गुजरा नगरपालिकाका कार्यपालिका सदस्य पुनित रामले जानकारी गरनउनु भयो ।
सो नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को बजेठ बाट उक्त भवन निर्माण भएको हो । श्री जनसेवा प्राथमिक बिधालय दयालपुरमा भवन अभावको मध्य नजर गरि उत्त योजना अन्तर्गत भवन निर्माण भइ आज उदघाटन भएको हो । सो अवसरमा उपप्रमुख शेष रोशन खातुन,बिद्यालय ब्य्वस्थपन अध्यक्ष प्रेम चौधरी,कार्यपालिका सदस्य पुनित राम,बलिराम चौधरी,सुजित चौधरी लगायत स्थानिय भद्र भलादमी,बुद्धिजिवीहरुको उपस्थती रहेको थियो ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र