July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष धाधली रहित रुपले कार्य गर्ने कुरामा लागि परेका छाैं:- मुख्य निर्वाचन अधिकृत मरासिनी

 

प्रेमचन्द्र झा

अशाेज १६ गते

गाैर । जिल्ला सदर मुकाम गाैरमा आईतबार एक कार्यक्रम बीच मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएको छ । राैतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा राैतहट जिल्लाका मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले जनताले चाहेको जन प्रतिनिधि छान्ने सवालमा हामी निश्पक्ष धाधली रहित रुपले कार्य गर्ने कुरामा लागि परेका छाैं सो अवसरमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्देे बोल्नु भयो । दलका प्रतिनिधि आचारसंहिता पालना गर्न तयार रहेको प्रतिवद्वता आएकोछ यसलाई सुखद रुपमा लिएको बताउनु भयाे। सुरक्षाको सवालमा प्रमुख जिल्ला अधिकारीबाट सुरक्षामा कमि कमजोरी हुदैन यसले निश्चित रुपमा निश्पक्ष चुनाव हुनछ भने कुरामा विश्वास व्यक्त गर्नु भयो । जुलुस भेला कोण सभा २४ घन्टा पहिले अनुमति लिनु पर्ने हुन्छन ।बाल बालिकाको प्रयोग नगर्ने । मास मिडिया प्रिन्ट मिडियामा कसरी प्रचार गर्ने निर्देशिका अनुसार गरिदिनु हुन वहाँले अनुराेध गर्नु भयाे । गाैर नगर प्रमुख शम्भु साहले जिल्लामा निर्वाचन केही ठाउंमा मात्र गडबडी हुने गरेकोले स्थानीय प्रशासनलाई सजग गराउनु भयो। सबै ठाउमा सुरक्षाको भरपर्दि व्यबस्था गर्न नगरप्रमुख साहले माग समेतगर्नु भयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अन्य जिल्लाका अनुभव सुनाउनु हुँदै सम्पन्न स्थानिय चुनावबाट राैतहटमा फरक किसिमले चुनाव हुने गरेको जिकिर गर्नु भयो । आचार संहित मुख्य राजनीतिक दलबाट तोडने खालका गतिबिधि नपुर्‍याउन आग्रह गर्नु भयो ।स्थानिय चुनावमा गडबडी गर्ने उपर कार्यवाही भएको जानकारी दिनु भयो ।सुरक्षा निकायले कसरी भय रहित बातावरणमा कसरी चुनाव गराउने चिन्तन मन्न गर्दैछाै प्रमुख जिल्ला अधिकारी शाहीले बताउदै पछिल्लो चुनाव भन्दा बढी सहयाेग गर्न सबै राजनीतिक दलसंग अनुराेध गर्नु भयाे । जनतालाई दिएको मतलाई पुर्णरुपले सुरक्षित गरि परिणाम घाेषना हुने कुरामा विश्वत रहन प्रतिवद्वता व्यक्त गर्नु भयो ।नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष कमल राय यादवले निर्वाचन आचारसंहिता अक्षर:सह पालना गर्ने प्रतिवद्वता व्यक्त गर्देे निश्पक्ष चुनाव हुने कुरामा विश्वास व्यक्त गर्नु भयो । नेकपा एमालेका प्रतिनिधि भोला पाण्डयेले कार्यालय स्थापनाले देशमा शुभ संकेतको रुपमा लिनु हुँदै विवाद रहित चुनावको कामना गर्नु भयो । राप्रपाका जिल्ला अध्यक्ष सतेन्द्र प्रसाद सिंहले निश्पक्ष चुनाव हुने विश्वास व्यक्त गर्दै साना- ठुल्ला दल नहेरी सबैलाई आचार संहिताको पालना गराई दिन हुन अनुराेध गर्नु भयाे । नेपाल सुशासन पार्टीका जिल्ला अध्यक्ष रन्जित पटेलले स्थानिय चुनावमा जिल्लामा देखिए कमि कमजोरी नदोहरियोस भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले स्थानीय चुनाव सुरक्षाकर्मीले देखाएको ईमान्दारीतामा शंका गर्ने ठाउ नरहेको भनुहुदै आसन्न चुनाव निश्पक्ष धांधली रहित हुने कुराम विश्वास व्यक्त गर्नु भयो ।निर्वाचन कार्यालय राैतहटका प्रमुख छोटेलाल दास,निर्वाचन सम्बन्धि प्राविधिक कुरा राख्नु हुँदै राैतहटमा ४ वटा निर्वाचन क्षेत्रमा अगल अलग सम्बन्धित क्षेत्रमा नै निर्वाचन कार्यालय स्थापना हुन लागेको बताउदै एकको गाैर ,दुईको परोहा ३ को कटहरिया र ४ चन्द्रनिगाहपुरमा कार्यालय स्थापना हुन लागेको वहाँले बताउनु भयो । जिल्लामा १५७ वडा रहैको जसमा २७६ मतदान स्थल ६ ठाउंमा मतदान स्थल सारिएको जानकारी दिनु । ५२३ मतदान केन्द्र । सबै कर्मचारी को अस्थायी नामावली तयार गरिएको वताउदै कारागारको कैदी बन्दी सहित सम्पुर्ण कर्मचारीको नाम राखिएकोछ । एक जना मतदाताले ४ वटा मतपत्र पाउने, ४ वटैमा छाप लगाएर ४ वटै मतपत्र अलग अलग मतपेटिकामा खसाल्ने हुन्छ भने प्रमुख दासले थप जानकारी दिनु भयाे । साे अवसरमा नेपाली सेनाका कर्नेल गंगा बहादुर विष्ट , नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, सस्शत्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, राष्ट्रियअनुसन्धानका प्रमुख मुकुन्द ढकाल , गाैर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सभाष कुमार ठाकुर सहितका मुख्य उपस्थिति रहयाे । कार्यक्रम सञ्चालन जिल्ला अदालतका उप सचिव सुशील कुमार यादवले गर्नु भयाे ।