July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको देवाही गोनाही नगरपालिक पुर्व मन्त्री प्रभु साह को पहलमा एमबिबिएस हितकाे नगर अस्पताल शुभारम्भ

 

राम प्रबेश बैठा // राैतहट,असाेज १७ गते
राैतहट जिल्लाकाे क्षेत्र नं ३ अन्तर्गत देवाही गाेनाहीमा एमबिबिएस सहितकाे नगर अस्पताल शुभारम्भ गरिएको छ । साे नगरपालिकाले आज देखि नगर अस्पताल शुभारम्भ गरेको छ । वडा नम्बर ८ स्थित देवाही बजारमा देवाही गाेनाही नगर अस्पतालकाे शुभारम्भ गरिएको छ ।

नेकपा एमालेका प्रभावशाली नेता एवम् स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री साहले आज शुभारम्भ गर्नु भएको छ ।
देवाही गाेनाही नगरपालिका प्रेमपुर गाेनाहीले आफनै आयाेजनामा साे कार्यक्रम गरेको थियाे । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात सहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य उप प्रमुख परनिया देवी पटेलले राख्नु भएको थियाे भने कार्यक्रमकाे अध्यक्षता नगर प्रमुख प्रेमलाल साहले गर्नु भएको थियाे ।

अस्पतालकाे शुभारम्भ गर्दै नगरप्रमुख प्रेमलाल साहले ग्रामीण क्षेत्रलाई लक्ष्ति नगर अस्पतालकाे सेवा शुभारम्भ गरेकाे बताए । नगरवासीकाे स्वास्थ्यलाई मध्यनजर गरि अस्पताल सञ्चालनमा ल्याईएकाे उनले बताए ।

१५ बेड क्षमताकाे अस्पताल सञ्चालन भएसँगै सबै सेवा सुविधा शुरू भएको छ । तत्काल भाडामै भवन लिएर सञ्चालनमा ल्याईएकाे छ । अस्पतालकाे भवन निर्माणकाे लागि नगरप्रमुख साहले यसअघि शिलान्यास गरि सक्नु भएको छ ।

अस्पताल स्थापना भएसंगै १५ शैया, प्रयोगशाला, फर्मेसी,भिडियाे एक्सरे लगायतका अन्य सेवा रहने छ ।
वर्षाैंदेखि देवाही गाेनाही नगरवासी एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा बाट बञ्चित थिए । उनीहरू कटहरिया,शिवनगर लगायकाे ठाउँमा गएर सुविधा लिन बाध्य थिए । बिगतकाे स्थानिय सरकारले पनि यस्ताे सुविधा दिन सकेन । नगरप्रमुख साहकाे याे कार्यकाे चाैतर्फी प्रशंसा गरिएको छ ।
साे अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहा नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह उर्फ अमर जी नेकपा केन्द्रिय उपेन्द्र साह प्रदेश सदस्य मनोज यादव उर्फ राजन र विभिन्न ,वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रवेश पटेल,वडा नम्बर १ का वडा अध्यक्ष सफिना खातुन,वडा नम्बर २ का वडा अध्यक्ष ईमामुल,वडा नम्बर ८ का वडा अध्यक्ष बिजय पटेल,वडा नम्बर ९ का वडा अध्यक्ष बिरबहादुर शाह,ईप्रका देवाहीका प्रहरी निरिक्षक गाेबिन्द साह,सशस्त्र बेश क्याम्प देवाहीका प्रहरी निरिक्षक कमल पन्त ,स्थानीय भद्र भलादमी ,जनप्रतिनिधि लगायत स्वास्थ्यकर्मी नगर भरिका स्वेमसेविका तथा कर्मचारी पत्रकार नेताहरु स्थानियहरूकाे सहभागिता रहेकाे थियाे ।