राम प्रबेश बैठा
रौतहट, १४ गते असोज
मंसिर ४ गते हुने चुनावको लागि प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले इजाजत प्राप्त हातहतियार बुझाउन भनेको छ ।
आगामी मंसिर ४ गतेमा हुने निर्वाचनलाई स्वच्छ,निष्पक्ष र सुरक्षित वातावरणमा गर्नका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गौर,रौतहटका प्रशासकिय अधिकृत मनिष झाले शुक्रबार जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका विभिन्न किसिमको हातहतियारहरु निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको छ ।
निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले कार्तिक ०५ गते भित्र नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाउन अनुरोध गरेको हो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।