July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बाराको निजगढका मनोज भारती बिकास रत्न पदक बाट सम्मानित

बारा असोज ३ गते

बारा निजगढका मनोज भारति बिकाश रत्न पदकबाट सम्मानित हुनु हुने भएको छ।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट भारतीले पदक पाउन लागेका हुन् ।
व्यवसायसंगै सामाजिक कार्यमा समेत सक्रिय रहेका भारती वैदेशिक रोजगारीबाट फर्किएर गार्मेन्ट उद्योग सञ्चालन गरेर सयौंलाई रोजगारी समेत दिएका छन् । भारतीले भुकम्प, कोभिड–१९, बाढी पहिरो लगायत विभिन्न विपत्त तथा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । उनले विद्यार्थी, खेलाडी, पत्रकार लगायतलाई समेत उद्योगबाट उत्पादित जर्सी उपलब्ध गराएर सहयोग गरेका छन् । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टबाट सम्मान ग्रहण गर्दै मनोज भारती ।यस अघि उनी २०७६ मा श्रम तथा रोजगार मन्त्रालयबाट समेत सम्मानित भएका थिए । वैदेशिक रोजगारीबाट फर्केर उद्यममार्फत रोजगारी सृजना गरेको भन्दै उनलाई तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टले सम्मान गरेका थिए ।