कृष्णनगर, असोज
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छl
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर स्थित जामिया सोजुलुल रहमानी कम्प्लेक्स बाट विशेष सुचनाको अधारमा २ जना लाई पक्राउ गरेको छl पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगर पालिका ९ पर्सैनीका बर्ष १८ की मन्जु चौधरी र दाङ जिल्लाको अमउवा गाउँपालिका वडा नं २ बस्ने ३१ बर्षको जमालदिन मिया रहेको नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिएका छन्l
शैलेन्द्र पाण्डे अनुसार लागु औषध कारोबार गर्नेको नेपाल भारतमा समेत संजाल हुन सक्ने हुदाँ अनुसंधान भइरहेको र अन्यको संलग्नता भए नभएको, मुख्य गिरोह को हो भन्ने तर्फ पनि अनुसंधान गरिने बताए l
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान