July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा बिजयपुर न पा ले,४९ करोड बढिको बजेट बिनियोजन गरिएकाे

मधेश खबर २९ गते भादौ

रौतहटकाे फतुवा विजयपुर नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । नयाँ आर्थिकवर्षको असार १० गते बजेट ल्याउनु पर्ने ब्यवस्था भएपनी मेयर गोपाल यादव अख्तियारको मुद्दामा निलम्बन भएको कारणले ढिलो भै बुधबारको आयोजित कार्यक्रमको बिच छैठौ नगरसभा ले आज
४९ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।
चालु आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँकाे बजेट बिनियोजन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले घोषणा गरेका थिए । सो कार्यक्रममा यसप्रकारका बजेट विनियोजन भएको छ
नगरसभाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण , पर्यटन तथा संस्कृति, लाई विशेष प्राथमिकतामा राखेको छ । नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान १२ कराेड ७९ लाख,प्रदेश वितिय समानीकरण अनुदान ९० लाख ६७ हजार,संघिय राजश्व बाँडफाँड १० कराेड २ लाख ३२ हजार,प्रदेश राजश्व बाँडफाँड ३५ लाख ,संघिय सशर्त अनुदान २१ कराेड ८३ लाख, आय तर्फ देखाएको छ। त्यसैगरी प्रदेश सशर्त अनुदान ८० लाख,प्रदेश सम्पूरक अनुदान २० लाख,प्रदेश विशेष अनुदान ३० लाख,आन्तरिक आय १ कराेड ६५ लाख,मालपोत बाँडफाँड बाट प्राप्त ६५ लाख गरि कुल ४९ कराेड ४९ लाख ९९ हजार बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ ।
नगरसभामा प्रमुख अतिथी बयोबृद्व बाबुराम अधिकारी,फतुवा बिजयपुरका ,उपमेयर अम्बेया खातुन,वडा १को अध्यक्ष अनिरुद्ध यादव उर्फ संजय त्यस्तै बिभिन्न वाडाध्यक्ष ,सतिस यादव ,रामएकवाल यादव ,मंजय चौधरि ,
लगायतका बक्ताहरुले नगरपालिकाले प्रस्तुति गरेको बजेट जनमुखी रहेको दाबी गरेका थिए । फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादव अख्तियारको मुद्दामा परेर हालसम्म निलम्बित रहेकाले नगरसभामा उनी संगै अन्य नेताहरूको उपस्थिति थिएन।