रौतहट, भदौ
रौतहट जिल्लाको मध्य भागमा रहेको कटहरिया मा एक व्यक्तिमाथी दुःखद घट्ना घटेको छ । एक महिलाको छातीमा छड रोपिएर मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका ५ बलिरामपुर टोलकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय रुक्साना खातुन रहेकी छिन् ।
मंगलवार खातुन आफ्नै घरको छतमा तरकारी टिप्न जाँदा खातुनको छातीमा छड छेडेपछि मृत्यु भएको छ । घरको छतमा रहेको पिलरको छड छातीमा छिरेर मृत्यु भएको हो ।
छड छातीमा छिरेर गम्भीर घाइते भएकी खातुनलाइ प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा लैजाँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएपी बरुण सिंहले जानकारी गराउनु भएको हो ।
मृत्यु भएपछि महिलाको शवलाई पोस्टमार्टमका लागि प्रहरीले प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।