July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

पुर्व मन्त्री साह को पहलमा ५७ लाख को लगायतमा भवन उदघाटन मौलापुर चिरचिरिया गाउँमा

 राम प्रबेश बैठा रौतहट १३ गते भदाै 

रौतहटको मौलापुर नगरपालिका वडा नं २ चिरचिरियामा श्री सामुदायिक आधारभुत विधालयको नवनिर्मित ४ कोठे भवन आज सोमबार उद्घाटन गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभागको वार्गिकरण अनुसार रौतहटको मौलापुर नगरपालिका स्थित चिरचिरियामा कुल रकम ५७ लाखको लगतमा पक्की भवन निर्माण कार्य सम्पन्न भएपछि सोमबार प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साह र  बिशिष्ट अथिति मौलापुर नगरपालीका  नगर प्रमुख रीना कुमारी साह नेकपा एमालेका जिल्ला अध्यक्ष त्रिभुवन साह उर्फ अमर जी उपमेयर नागेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।सो विद्यालय भवन निर्माण लागि मौलापुर नगरपालिकाबाट विनियोजन बजेट रु ४२ लाख पुरानो कक्षा कोठाको रंगरोगन , पुराना भवन मर्मत , फुटपाथ निर्माण तथा सौन्दर्यीकरणको लागि रु १५ लाख गरी कूल बजेट रु ५७ लाखको लगतमा सो विद्यालय भवन निर्माण कार्य र रंगरोगन कार्य सम्पन्न भएको मौलापुर नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत र ईन्जिनियर रामबाबु प्रसाद साहले बताए ।विधालयको प्रागनमा कार्यक्रम सम्पन्न भएको छ सो कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री प्रभु साह र बिशिष्ट अथिति नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह ‘ जिल्ला सदस्य ठागा दास , नागेन्द्र साह , मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साह , उपनगर प्रमुख नागेन्द्र यादव फतुवा बिजयपुर नगरपालिका वाड नं २ सितलपुर बर्गिनिया को वडाध्यक्ष संजय प्रसाद यादव लगायत बिभिन्न शिक्षक शिक्षिकाहरु पार्टी प्रतिनिधिहरू संचारकर्मी जन प्रतिनिधि भरभलादमीको रोहबर  र मौलापुर नगरपालिका वडा नं २ का वाडाध्यक्ष श्री भगवान पटेल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ