July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गुजरामा रहेको साना किसान कृषि सहकारी किसानको सारथी बन्दै

आरके श्रीवास्तव,रौतहट,०६ गते
रौतहट गुजरा नगरपालिका–१ स्थित साना किसान कृषि सहकारी संस्थाले किसानको सारथी बन्दै गएको छ । ‘सेवा क्षेत्र रहेको गुजरा वडा नं १,२,५,६ र ७ का किसानलाई सहयोगीको रुपमा सहकारी बनेको हो । सो सहकारीले किसानहरुको लागि कृषि उपज खरिद केन्द्र,दूध डेरी तथा कोल्ड स्टोर, आइएमइ सञ्चालन,ऋण तथा बचत सञ्चालन गर्दै आएको छ ।
कृषि उपज केन्द्रले गत आर्थिक वर्ष २०७८।७९ मा ३६ सय कविन्टल धान सरकारी समर्थन मूल्यमा खरिद गरेको थियो । कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाको सहयोग र साना किसान कृषि सहकारी संस्था लि. गुजरा १ रंगपुरको साझेदारीमा केषि उपज भण्डारण केन्द्र सञ्चालनमा रहेको छ । उक्त भण्डारण केन्द्र सञ्चालनमा आएपछि किसानहरुको लागि निकै ठूलो सहयोग पुगेको छ । कम रेटमा धान बेच्नु पर्ने बाध्यता बाट छुटकारा पाएका छन् ।
गत शुक्रवार मात्रै ग्जरा नगरपालिका बाट अनुदान स्वरुप प्राप्त २२ लाखको लागतमा पोर्टेवल कोल्ड स्टोर उद्धघाटन गरिएको छ । स्थानीय उत्पादनले बजार नपाएको र तरकारी तथा फलफूल खेर गइरहेको अवस्थामा गुजरा २ कटानीमा पहिलोपटक कृषि उपज तरकारी तथा फलफूल सहित अन्य सामाग्रीहरु भण्डार गर्न कोल्ड स्टोर सञ्चालनमा ल्याइएको छ । नगर प्रमुख सन्तलाल चौधरीले अस्ति मात्रै उक्त कोल्ड स्टोरको साँचो सहकारीका अध्यक्ष धर्मेन्द्र धामीलाइ हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कोल्ड स्टोर सञ्चलान हुने भएपछि किसानले बजारमा उचित मूल्य पाउन नसकेका, कम मूल्यमा तरकारी तथा फलफूल बिक्रि वितरण गर्ने बाध्यता हटने भएको छ । सहकारी कोल्ड स्टोर सञ्चालनमा आएपछि तरकारी खेतबारीमै कुहिएर खेर जाने समस्या हटेको छ ।
त्यस्तै सहकारीले दूध उत्पादक ८७ जना किसानहरुलाइ क्यान वितरण गरेको छ । गुजरा नगरपालिका र सहकारीको संयुक्त लगानीमा ५ लिटर देखि १० लिटर सम्मको क्यान उपलब्ध गराएको हो । यस बाट किसानहरु लाभान्वित भएका छन् ।
सहकारीले संस्थामा आबद्ध विभिन्न समितिहरु लाइ अवलोकन भ्रमण समेत गराएको थियो । ४५ जना लाइ पशु तालिम समेत गराइएको छ । सहकारीले चौतारा निर्माण देखि संस्थामा आबद्ध महिलाहरु लाइ सुत्केरी भता सहितका अन्य सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
सहकारीको सञ्चालक समितिमा अध्यक्ष धर्मेन्द्र धामी,उपाध्यक्ष तारा देवी दहाल,सदस्य अलोनी बन्ठा,पशु विमा संयोजक एवम् सदस्य रामनाथ चौधरी रहेका छन् । तयस्तै सदस्यहरुमा रामटहल चौधरी,शैरव खाँ थारु, दूध डेरी संयोजक सुमिन्त्रा देवी सापकोटा,सदस्य चन्दा कुमारी चौधरी,सरिता कुमारी थरुनी।धनमान घिसिंग र शिक्षा समिति संयोजक एवम् सदस्यमा गोमा अनौत रहेका छन् ।