July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

जि. एस. समाज सेवा युवा क्लबद्वारा सुन्दरपुरमा आर्थिक सहयोग

धर्मेन्द्र कुमार यादव-महोत्तरी,

बिदेशमा रहेका युवाहरु द्वारा संचालन गरेको जि एस समाज सेवा युवा क्लबद्वारा सुन्दरपुरमा आर्थिक सहयोग गरिएको छ।

महोत्तरीको सोनमा गाउँपालिका वडा न.७ सुन्दरपुरका सरोज यादवको परिवारलाई क्लबले आर्थिक सहयोग गरेको छ। रोजगारीको शिलशिलामा मलेसिया गएका सरोज यादवको विदेशमै दुर्घटना परी मृत्यु भएको थियो । दुर्घटनामा यादवको मस्तिष्कमा गम्भीर चोट लागेको थियो ।

यादवको परिवारलाई राहत स्वरूप जि.एस. समाज सेवा युवा क्लबले बुधबार ८ लाख १४ हजार ७ सय ७१ रुपैया सहयोग गरेको छ ।

जि.एस. समाज सेवा युवा क्लब अन्तर्गत रहेका जिमेल कम्पनि ,सोंग्लिन कम्पनि ,ओरेन्ज कम्पनि र बुलुबेरी कम्पनिमा कार्यरत सबै नेपालीहरुबाट प्रतिव्यक्ति २५ रुपैयाको दरले संकलन गरि मृतक यादवका बुबा सुरेश यादवलाइ सो रकम हस्तान्तरण गरिएको क्लबका उपाध्यक्ष विजय जयसवालले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष जयसवाल लगायत सदस्य बिनेस जयसवाल ,रामजीवन साह , मृतक यादवका बुबा सुरेश यादव ,सोनमा गाउँपालिका वडा न.७ का वडा अध्यक्ष इन्द्रजित यादव,पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सहयोग गरेबापत मृतक यादवको परिवारले क्लबलाई धन्यवाद व्यक्त गरे ।