राैतहट,०१ गते भदाै,२०७९
राैतहट जिल्लाकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ मा रहेको श्री माध्यमिक विधालय टेंग्राहामा आज देखि आैपचारिक रूपमा +२ सञ्चालनमा आएकाे छ । यस वर्ष देखि कक्षा ११ तर्फ शिक्षा र वाणिज्य संकाय सञ्चालन हुने भएको छ । एक कार्यक्रमका बिच कक्षा ११ भर्ना भएका विधार्थीहरू लाई स्वागत कार्यक्रम आयाेजन गरि स्वागत गरिएको छ ।
स्वागत कार्यक्रमकाे अध्यक्षता विधालय व्यवस्थापन समितिका अध्यक्ष जयमंगल यादवले गर्नु भएको थियाे भने प्रमुख अतिथिकाे रूपमा वडा अध्यक्ष सतिश कुमार यादव रह्नु भएको थियाे । कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक अनिल यादवले राख्नु भएको थियाे । कार्यक्रम सञ्चालन विधालयका शिक्षक राजेश यादवले गर्नु भएको थियाे ।
ग्रामीण क्षेत्रमा +२ सञ्चालन भएपछि स्थानीयहरू हर्षित भएका छन् । साे भेगका मेवा,पेटभरवा,सितलपुर,बैरगनिया लगायत दर्जनौं गाउँका विधार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । साे अवसरमा वि.व्य.स.अध्यक्ष जयमंगल प्रसाद यादव,वडा अध्यक्ष सतिश कुमार यादव उर्फ गाैरव,पूर्व वार्ड अध्यक्ष ब्रहमनायण यादव,वार्ड प्रत्यासी संजय यादव,पूर्व वि.व्य.स.अध्यक्ष रामनिहाेरा यादव ,विधालयका शिक्षक प्रमाेद यादव,अन्य शिक्षकहरू ,विधार्थी, अभिभावक,स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे लेखापाल प्रविन यादवले जानकारी गराएका हुन् ।
More Stories
रौतहटको गरुडा नगरपालिका यसै आर्थिक वर्षमा आफनै प्रशासकिय भवनमा सर्ने :- नगर प्रमुख जयसवाल
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न