July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरियामा अस्पतालको लागि भवन निर्माणको काम सुरु

रामप्रवेश बैठा,कटहरिया,मंसिर २९ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा भवन निर्माणको काम सुरु भएको छ । एक कार्यक्रमका बिच नगरप्रमुख सियाराम कुशवाहाले शिलान्यास गरे पश्चात सो निर्माण कायै अगाडी बढाइएको हो । करिब २० करोड रुपैया लागतमा कटहरिया पिएचसि स्थित कम्पाउण्ड भित्र १५ बेडको अस्पतालको लागि भवन निर्माणको काम सुरु गरिएको छ ।
सो अस्पतालको भवन निर्माणको लागि कटहरिया नगरपालिकाले टेण्डर आव्हान गरेको थियो । जसमा घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनन्जय चौधरी जेविले ११ करोडमा साकार गरेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले नगरबासिको लागि ठुलो खुसीको दिन रहेको बताएका छन् । भवन निर्माण पछि कटहरिया नगरपालिकाका जनता बिरामीको उपचारको लागि बाहिर जानुपर्ने झन्झट बाट छुटकारा हुने अधिकृत साहले बिश्वास व्यक्त गरेका थिए ।
ओलि सरकारकै योजना अनुरुप बिनियोजित बजेट बाट कटहरियामा पनि अस्पतालको लागि भवन निर्माण हुनलागेको मेयर सियाराम कुश्वाहाले जानकारी दिनु भयो ।
सो कार्यक्रममा मेयर कुश्वाहा सँगै अधिकृत रामप्रकाश साह,एमाले कटहरिया नगर कमिटी अध्यक्ष योगेन्द्र साह,एकिकृत माओवादी केन्द्रका नगर अध्यक्ष नसरुदिन अंसारी,वडा अध्यक्षहरु राजकुमार साह,हरिभजन साह,माबी कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुश्वाहा,कार्यपालिका सदस्य रामप्रवेश साह,रामबाबु साह,डाक्टर संतोष कुमार यादव,डाक्टर गोविन्द साह,एमाले नेता बिनोद साह,आईटी आर्मिका जिल्ला अध्यक्ष नरेस साह लगायतको उपस्थिति रहेको थियो ।