July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सर्लाहीमा बज्जिका साहित्यकार कुशवाहा द्धारा लिखित तिन विधाका पुस्तक गरियो विमोचन


रामप्रवेश बैठा,सर्लाही,मंसिर २९ गते
सर्लाही जिल्लामा बज्जिका भाषाको तिन विधाको किताब विमोचन गरिएको छ । गोडैता नगरपालिकाको आयोजनामा मातृभाषा बज्जिका साहित्यकार रामचन्द्र कुशवाहा द्धारा लिखित तिन विधाको पुस्तक विमोचन कार्यक्रम आयोजन गरिएको थियो । विमोचन कार्यक्रम समारोह २०७८ को अध्यक्षता विजय प्रसाद यादवले गर्नु भएको थियो ।
सो नगरपालिकाको वडा नम्बर ३ भगवतीपुर स्थित रहेको श्री जनता माध्यमिक विधालयको सभा हलमा कार्यक्रम आयोजन गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा नगरप्रमुख देवेन्द्र कुमार यादव रह्नु भएको थियो भने विशिष्ट अतिथीको रुपमा बज्जिका भाषाका राष्ट्रिय अध्यक्ष डा. कमलेश्वर प्रसाद सिन्हा रह्नु भएको थियो । कार्यक्रमको सुभारम्भ राष्ट्रिय गान बाट भएको थियो ।
कार्यक्रममा बज्जिका महारथि सम्मान २०७८ बाट डा. कमलेश्वर सिन्हा लाइ सम्मान गरिएको थियो । त्यस्तै बज्जिका भाष सम्मान बाट रौतहट एफएमका सञ्चालक रेवन्त झा,रामअधार पासवान लगातका व्यक्तीहरु लाइ सम्मान गरिएको थियो ।
त्यस्तै उपस्थित अन्य अतिथीगणहरु लाइ प्रेमको दर्शन प्रदान गरिएको थियो । दलित क्रियाशिल पत्रकार संघ रौतहटका अध्यक्ष रामप्रवेश बैठा, पूर्व मन्त्री प्रभु साहका स्वकिय सचिव बिजय यादज निर्बिज,बज्जिकाञ्चल दैनिक पत्रिकाका सञ्चालक आरके श्रीवास्तव सहितका व्यक्तीहरु लाइ प्रेमको दर्शन प्रदान गरिएको थियो ।
सो अवसरमा सो वडाका वडाध्यक्ष विजय प्रसाद यादव,बज्जिका शिरोमनी संजय साह मित्र,बज्जिका सम्राट किसुन दयाल यादव,रामअधार पासवान सहित,बिजय यादव निर्बिज सहित दर्जनौं व्यक्तीहरुको उपस्थिती रहेको थियो ।