July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गुजरामा बाल बिवाह सम्बन्धी एक दिने गोष्ठी सम्पन्न

रौतहट,३१ गते साउन २०७९
रौतहट जिल्लाको गुजरा नगरपालिकामा बाल बिवाह सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । किशोरी किशोरहरुको समग्र विकासको लागि रुपान्तरण कार्यक्रम अन्तर्गत स्थानिय तहमा बाल बिवाह सम्बन्धी सो गोष्ठी आयोजन गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत बिनोद जयसवालले गर्नु भएको थियो ।
सो नगरपालिकाको वडा नम्बर ९ सिमरा भवानीपुर स्थित नगरपालिकाको सभाकक्षमा गोष्ठी आयोजन गरिएको थियो । आसमान नेपालको आयोजना र भिएसओ नेपालको प्राविधिक सहयोगमा तथा यूएनएफपिएको सहयोगमा गुजरा नगरपालिकामा सञ्चालनमा रहेको छ ।
गोष्ठीमा परियोजना प्रबन्धक डा.विरेन्द्र कुमार सिंह र आसमान नेपालका कार्यक्रम संयोजक अरविन्द चौधरीले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणको क्रममा वहाँहरुले नेपाल र मधेश प्रदेशमा बालविाह,कम उमेरमा हुने विाह र जबरजस्ती गरिने विवाहको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमलाइ समापन गर्दै प्रमुख प्रशासकिय अधिकृत जयसवालले सबैजना मिलेर मात्र बाल विवाह रोक्न सकिने कुरामा जोड दिनु भयो । बाल विवाह गर्नु गराउनु हुँदैन् भन्ने कुरा लाइ प्रचार प्रसारको रुपमा अगाडी बढाइ एउटा अभियानको रुपमा अगाडी बढाउँदा राम्रो हुने सुझाव दिनु भयो ।
सो अवसरमा गुजरा नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवमंगल साह,गुजरा नगर प्रवक्ता बिजय साह बानिया,वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष अशोक चौधरी,वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,वडा नम्बर ७ का वडा अध्यक्ष शेष अब्दुल्लाह सहित नगरपालिकाका कर्मचारी,स्थानिय भद्रभलादमी बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।
बल बिवाह अन्त्य परियोजनाको मुख्य उदेश्य स्थानिय तहमा बाल बिवाह अन्त्य गर्न कदमी पहल गर्नु र यो परियोजना बाट भएको उपलब्धीहरुको समिइाा गरी सम्न्वय सुनिश्चत गर्नु रहेको छ । यो परियोजना जिल्लाको चन्द्रपुर,गुजरा,देवाही गोनाही,परोहा,यमुनामाइ,राजपुर र गौर नगरपालिकामा सञ्चालनमा रहेको छ ।