रामप्रवेश बैठा,राैतहट,२६ गते साउन
राैतहट प्रहरी द्वारा दाईजो प्रथा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
“समुदाय-प्रहरी साझेदार” कार्यक्रम अन्तर्गत समुदाय-प्रहरी वडा समिति ६ नम्बर वडा चन्द्रपुर नगरपालिकाको आयोजना र अस्थायी प्रहरी पोष्ट तल्लो बजार, रौतहटको सहयोगमा आज साे कार्यक्रम सम्पन्न भएको छ ।
दिउँसो १:०० बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित रहेको बजार टोलमा साे कार्यक्रम आयाेजन गरिएको थियोे । साे अवसरमा वडाका स्थानिय, भद्र-भलादमी, बुद्धिजिवी, महिलहरु समेत गरी अन्दाजी २५ जनाको सहभागितामा “दाईजो प्रथा सम्बन्धी” जनचेतनामूलक कार्यक्रम गरिईएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय