July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा एमालेको बृहत् पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टीका गठबन्धन लाई ठुलो झट्का

रौतहट, २३ गते साउन

रौतहट जिल्लामा एमालेको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सरकारले प्रतिनिधीसभा तथा प्रदेश सभाको चुनावको मिति घोषणा गरे सँगै एमालेमा प्रवेश गर्नेहरुको क्रेज नै बढेको छ । जिल्ला सदरमुकाम गौरमा बिभिन्न पार्टी त्यागेर नेकपा एमाले प्रवेश गर्नेहरुको ताँती नै लागेकोे थियो ।
एमाले अध्यक्ष केपी ओलीले हजारौं भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गराएका हुन् । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं गौर नगरपालिकाका पूर्वमेयर अजय गुप्ता,अर्का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्दन साहलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको हो ।
त्यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाइ नगरपालिकाकी पूर्व उपमेयर सुभद्रा गुप्ता पनि एमालेमा प्रवेश गर्नुभएको छ । नवप्रवेसीहरुलाई अध्यक्ष ओलीसहित सचिव रघुबीर महासेठ र स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभू साहले अविर माला लगाएर एमालेमा स्वागत गर्नुभएको छ ।नवप्रवेसीहरुलाई जिल्ला अध्यक्ष त्रिभुवन साह उर्फ अमर जी को स्वागत गर्दै आएका सो कार्यक्रममा नगर प्रमख उपमेयर वडाध्यक्ष र सदस्य हरुको उपस्थित र संचारकर्मी को रोहबर मा कार्यक्रम सम्पन्न भएको छ