July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

ईलाका प्रहरी कार्यालय गरुडामा एक वर्षमा २५२ वटा मुद्दा दर्ता

मधेश खबर ,गरुडा
साउन २२ गते
रौतहटको इलाका प्रहरी कार्यालय गरुडाले गएको एक वर्षको अवधिमा २ सय ५२ वटा मुद्दा दर्ता गरेको छ ।
दर्ता भएका ति मुद्दाहरु आवश्यक कार्यवाहीका लागि जिल्ला अदालत गौर पठाइएकोमा १ सय ५५ वटा मुद्दा फर्छौट भइसकेको र ९७ वटा मुद्दा अझै फर्छौट हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ९४ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७७÷०७८ मा २ सय ५५ र आ.व २०७८÷०७९ मा २ सय ५२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको हो ।
एक वर्षमा विभिन्न घटनामा संलग्न २ सय ९३ जनामाथी मुद्दा चलाइएकोमा १ सय ७९ जना प्रतिवादी पक्राउ परिसकेको र १ सय १४ जना अझै फरार नै रहेको गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी बरुण बहादुर सिंहले जानकारी दिएका छन् ।
अभद्र व्यवहार सम्बन्धी ९५ वटा, हत्या आरोप सम्बन्धी ३९, सवारी ज्यान सम्बन्धी १०, चोरी सम्बन्धी कसुरमा २२ वटा, डाँका सम्बन्धी १, ठगी सम्बन्धी २, कुटपिट सम्बन्धी ४, बहु विवाह सम्बन्धी २, जबरजस्ती करणी सम्बन्धी १६, कर्तव्य ज्यान सम्बन्धी ३, ज्यान मार्ने उद्योग सम्बन्धी ७, लागु औषध सम्बन्धी ५, अपहरण तथा शरीर बन्धक, बिष सेवन लगाएत विभिन्न कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको डिएसपी सिंहले बताए ।
गाउँ समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न आफुले कुनै कसर बाँकी नराखेको डिएसपी सिंहले बताए ।
नागरिकको जिउ धनको सुरक्षाका लागि आफुहरु अहोरात्र खटिरहेकोले सुरक्षाका कारण कसैलाई डराउनु नपर्ने समेत उनले बताए ।
उनले भने शान्ति सुरक्षाको पछिल्लो अवस्था अत्यन्तै ठिक छ । नागरिकहरुले जुन ढंगले शन्ति सुरक्षा महशुस गरिरहेका छन् त्यो एक दम विश्वशनीय छ ।
उनले अघि भने प्रहरीको जन्मजात एउटै दृष्टिकोण हो, त्यो के हो भने नागरिकको शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी हो । शान्ति सुरक्षामा असर पु¥याउने, गैरकानुनी गतिविधि गर्ने जो कोहीलाई पनि प्रहरीले कानुको दायरामा ल्याउँछ चाहे त्यो हिंसात्मक क्रियाकलाप गर्ने होस् वा ध्वांसात्मक क्रियाकलाप गर्ने होस उनले भने ।