July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

फतुवा बिजयपुर न पा काे वडा अध्यक्ष अनिरुद्ध यादवले सामुदायिक बिधालयको अवस्था सुधार गर्न लागेको

राम प्रबेश बैठा रौतहट,२१ गते साउन
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ सितलपुर बर्गिनिया का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले  आफनो वडामा रहेको सामुदायिक विधालयको अवस्था धेरै नाजुक रहेको ले आज देखी सुधार गर्न कम्मर कसेका छन् । वडा नम्बर २ अन्तर्गत पर्ने प्रावि स्कूल देखि लिएर मावि स्कूल सम्मको शिक्षा र भौतीक अवस्था सुधार गर्न तर्फ लागेका हुन् ।
श्री माध्यमिक विधालय सितलपुरमा प्रवेश द्धारमा खाल्डो खनेर अलपत्र अवस्थामा छोडिएको थियो । गेट निर्माण गराउने उपभोक्ता समितिको लापारवाहीले विधालयमा प्रवेश गर्न समस्या भइरहेको थियो । त्यस्तो अवस्थालाइ हेरेर वडा अध्यक्ष यादवले आज उत्त खाल्डो पुर्न लगाएका हुन् । उनले आफै सक्रिय भएर काम गराएका हुन् ।
विद्यालय शिक्षाको सुधारको अभिभारा स्थानीय तहको भए पनि उनले तत्काल आफनै लगानीमा काम गराएका हुन् । विधालयमा सानो तिनो कामको लागि बजेट नै चाहियो भन्ने जवाफ अधिकांश ठाउँ बाट आउने गरेको छ । तर शिक्षामा परिवर्तन गर्ने सोच र आँट भयो भयो जुन सुकै समस्या सजिलै तरिकाले समाधान गर्न सकिन्छ भने उदाहरणको रुपमा वडा अध्यक्ष यादव प्रस्तुत हुदै गएका छन् । विद्यालय शिक्षा सुधारका लागि सिपाहीको भूमिका वडा अध्यक्ष यादवले अहिले सम्म खेल्दै आएका छन् ।