July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको पुरातात्त्विक नगरी माैलापुरमा सावन साेमारी महाेत्सव सुरू

मधेश खबर राैतहट,२२ गते साउन
पुरातात्त्विक नगरी माैलापुरमा सावन साेमारी महाेत्सव सुरू भएको छ । माैलापुर नगरपालिकाकाे पताैरा पुरातात्त्विक महादेव मन्दिरकाे प्रांगणमा आईतवार देखि साेमारी महाेत्सव सुरू भएको छ ।
ईजाेरिया सांस्कृतिक प्रतिष्ठानकाे आयाेजना र माैलापुर नगरपालिकाकाे सहकार्यमा आज साउनकाे साेमारी महाेत्सव सुरू गरिएकाे छ । साे महाेत्सव साउन ३० गते सम्म चल्ने आयाेजकले जानकारी गराएकाे हाे ।
उक्त महाेत्सवमा नेपाल र भारतका प्रसिद्ध कलाकारहरूकाे प्रस्तुति रहनेछ । साेमारी महाेत्सवमा प्रसिद्ध भाेजपुरी कलाकार सुनिल पंण्डित,प्रिति पासवान,राजकुमार साह,दिपराज यादव,नवीन पटेल लगायत दर्जनौं कलाकारहरूकाे बेजाेड प्रस्तुति रहने कलाकार बिजय यादव निर्विजले जानकारी गराउनु भएको हाे ।
माैलापुर नगरपालिकामा धार्मिक महोत्सव आयोजना गरिएकाे छ । धार्मिक पर्यटक भित्र्याउने र आर्थिक विकास गर्ने उद्देश्यले साउन २२ देखि ३० गतेसम्म महोत्सव गर्न लागिएको हो ।
आज एक कार्यक्रमका बिच नगरप्रमुख रिना कुमारी साहले उक्त महाेत्सवकाे समुदघाटन गर्नु भएकाे थियाे । साे अवसरमा माैलापुर नगरपालिकाका उपमेयर नागेन्द्र राय यादव,प्रमुख प्रशासिकय अधिकृत रामबाबु साह लगायत भद्रभलादमी ,बुद्धिजीवी सहित सयौं स्थानीयहरूकाे सहभागिता रहेकाे थियाे ।