July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नगर प्रमुख पदमा आफूलाइ जनताले मौका दिन बृन्दावनका भावी उम्मेदवार शेष हाकिमको आग्रह

रौतहट ,मंसिर २९ गते
जनता समाजबादी पार्टीले आफ्नो वार्ड कमिटि गठन कार्यक्रमलाई निरन्तरता दिएको छ । बुधबारका दिन रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा वार्ड कमिटि गठन गरिएको छ । बृन्दावन नगरपालिकाको वार्ड नम्बर ३ बिश्रामपुरमा जनता समाजबादी पार्टी,नेपाल बृन्दावन नगर कार्य समिति द्धारा आयोजना वार्ड कमिटि संगठन बिस्तार बिशेष छलफल सुद्धिकरण तथा जनजागरण(सुज)अभियान तथा अभिमुखिकरण कार्यक्रमको अध्यक्षता बिबेक पटेलले गर्नुभएको थियो । वार्ड कमिटि गठन तथा अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि बृन्दावन नगरपालिकाको जसपाका मेयर पदका भावी उम्मेदवार मोहम्मद शेख हकिम रहनु भएको थियो भने बिशिष्ट अतिथिको रुपमा रंजित चौधरी रहनु भएको थियो । वार्ड कमिटि गठन तथा अभिमुखिकरण कार्यक्रममा बिभिन्न वक्ताहरुले आफ्नो मन्तब्य राखेका थिए । सोहि कार्यक्रमको प्रमुख अतिथि रहनु भएको जसपाका मेयर पदको भावी उम्मेदवार मो. शेख हकिमले भने पार्टी त धेरै छ तर सबैको भलो हकहित चाहने पार्टी एक मात्र हो जुन जनता समाजबादी पार्टी रहेको छ । यस पार्टीले आज मधेश र मधेशीको जति पनि अधिकार दिलाएको छ । सबै जनता समाजबादी पार्टीको देन हो भनि उहाँले दावी गर्नु भयो । यस पार्टीले महिलाहरुको आरक्षण सिट र महिलाहरुको हक अधिकार साथै कुनै सभा समारोहमा सहभागिता हुन अनिवार्य हुनु पर्ने जसपा पार्टीकै मिहीनेत हो । आज हाम्रो प्रदेशमा बेटीलाई बीस लखिया भने गरिन्छ यो प्रदेश सरकारको देन हो । छात्राहरुको मनोबल बढाउन हाम्रो प्रदेश सरकारको मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गत कक्षा ८ मा पढने छात्राहरुलाई साईकल बितरण कार्यक्रम ल्याएको बताए । पहिला पहिला बिधालयमा छात्राहरुको अवस्था न्युन रहेको थियो । जब देखि यो कार्यक्रम जसपा पार्टीले ल्यायो आज कल सोहि बिधालयहरुमा छात्राहरु भरिभराउ भएको दृश्य हेर्न पाईन्छ जुन हाम्रो पार्टी जसपाको अर्थक प्रयास रहेको बताए ।
तर हाम्रो देशमा बिभिन्न पार्टी रहेको छ जस्तै नेपाली काग्रेस ,माओबादी लगायत अन्य धेरै पार्टी रहेको छ जुन हैक्मबाद ,नाताबाद ,पैसाबाद रहेको दावी गरे । त्यो पार्टीहरु आफ्नो आसेपासेहरुको लागी मात्र काम गर्ने पार्टी रहेको आरोप लगाए । त्यसकारण सम्पुर्ण आमजन समुदायमा जनता समाजबादी पार्टीमा लागेर भारी मत दिएर जिताउन आग्रह गरे । उहाँले यो पनि थपेकि म पनि १५ बर्षदेखि नेपाली काग्रेस पार्टीमा लागे तर त्यसको परिणाम शुन्य निस्कियो । त्यस कारण म त्यो पार्टी छोडेर जसपामा लागे र म यस बृन्दावन नगरपालिकामा जसपाबाट मेयर पदमा उभिएको छु र तपाईहरु आफ्नो बहुमुल्य मत दिई मलाई बिजय गराउन पार्टीका नेता कार्यक्रर्ता लगायत आमजन समुदायमा आग्रह गरे । सोहि कार्यक्रममा बृन्दावन नगरपालिका जसपाका मेयर पदको भावी उम्मेदवार मो.शेख हकिमको अध्यक्षता ११ नव समिति गठन गरिएको हो । बृन्दावन नगरपालिका–३ को वार्ड कमिटि गठनको अध्यक्ष पदमा जसपाका युवा नेता बिबेक कुमार पटेल सर्वसहमतबाट चुनिनु भएको छ भने उपाध्यक्षमा रामअशिष राउत ,सचिवमा बिनोद यादब ,कोषाअध्यक्षमा जलशिया देवी पासवान ,सदस्यमा शेख ईजराईल ,किरण देवी राम लगायत ५ सदस्यीयको छनोट गरिएको छ । सो कार्यक्रममा महेन्द्र प्रसाद यादब ,शेख अलियाश ,मोहम्मद हारुन अंसारी ,महिला तर्फ बिबि जहिरा खातुन लगायत सयकडौँ नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।