धर्मेन्द्र बैठा,राैतहट,२१ गते साउन २०७९
राैतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ मा चाेरीकाे घटनामा वृद्धि भएकाे छ । महिना नबित्दै बलिरापुरमा ५ वटा र हर्षाहामा २ वटा घरमा चाेरीकाे घटना भएकाे स्थानियहरुले वताएका छन् । बिहीबार राति एकैदिन २ वटा घरमा चाेरी भएको छ ।
हर्षाहा निवासी स्थानीय फेकु दासकाे घरमा चाेरी भएकाे छ । एक जनाकाे नाम भने खुल्न सकेको छैन् । अज्ञात चोरहरुहरुले रातीको समयमा घरमा सेन फाेरेर घरमा रहेको लत्ताकपडा,गरगहना र नगद गरि लाखाैं मूल्य बराबरकाे समान चाेरी गरी लगेका छन ।
यस अघि पनि बलिरामपुर टाेलका साम महम्दकाे घर बाट लत्ताकपडा,गरगहना सहित करिब ३ लाख सामानहरू चोरले लगेको स्थानिय क्यामुदिन आलमले बताएका थिए ।
त्यस्तै माेतिम मियाकाे घरमा चाेरी भएकाे थियो । अज्ञात चोरहरुहरुले रातीको समयमा घरमा सेन फाेरेर घरमा रहेको लत्ताकपडा,गरगहना र नगद गरि ४ लाख बराबरकाे समान चाेरी गरी लगेका थिए ।
सेाही टाेलका सुरेश नुनियाकाेघरमा करिब २ लाख बराबरकाे सामानहरू चाेरी गरेर लगेकाे स्थानीय आशमहम्दले बताएका छन् ।
यस्तै केही दिन पहिला कटहरिया वडा नम्बर ४ स्थित बलिरामपुर टाेलमै दुई वटा घरमा चाेरी भएकाे थियाे । स्थानीय सिवधारी दास,जाेतिक दासकाे घरमा चाेरी भएको स्थानीय लालबाबु दासले बताएका थिए ।
ईलाका प्रहरी कार्यालय कटहरियाकाे गस्ती फितलो भए पछि र केही समय पहिला मात्र सम्पन्न स्थानिय तहकाे निर्वाचनकाे रिसवीले चाेरीकाे घटनामा वृद्धि भएकाे स्थानियहरुकाे भनाई छ । प्रहरीले भने अहिलेसम्म कुनैपनि चाेरलाई पक्राउ गर्न सकेको छैन् । स्थानीयका अनुसार सामुहिक रूपमै चाेरहरू चाेरी गर्न आउने गरेकाे बताएका छन् ।
वडा अध्यक्ष चन्दन कुशवाहा सहितकाे टाेलीले चाेरीकाे घटनाकाे बारेमा पिडित सँग बुझेका थिए ।
केही समय यता बढेकाे चाेरीकाे घटनाकाे सम्बन्धमा स्थानिय प्रहरी गम्भीर भएन भने प्रहरी बिरुद्ध आन्दोलनमा उत्रिने साे वडाका स्थानीयले जनाएका छन ।
यस विषयमा ईप्रका कटहरिया सई सुरेन्द्र सिंह सँग साेध्दा गस्ती अझै तदारुकताका गरिने प्रतिक्रिया दिनु भयाे ।
More Stories
तुलसीलाल स्मृति प्रतिष्ठानबाट एमालेको पार्टी कार्यालय हटाउन प्रभु साहको माग
प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘बारा जिल्लामा भन्सार नाका किन छैन ?’
प्रधानमन्त्रीसंग प्रभु साहको प्रश्न, ‘वैदेशिक रोजगारमा ठगिएका युवाहरुले आफ़नो पैसा फिर्ता कहिले पाउँने ?’