रामप्रवेश बैठा,माैलापुर,१३ गते २०७९
राैतहट जिल्लाकाे माैलापुर नगरपालिकामा राष्ट्रिय युवा संघ नेपालकाे प्रथम नगर अधिवेसन सम्पन्न भएको छ । युवा संघकाे नगर अधिवेसन नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साहकाे प्रमुख आतिथ्यमा सम्मपन्न भएको छ । कार्यक्रमकाे विशिष्ट अतिथिकाे रूपमा युवा संघ नेपालका केन्द्रीय सदस्य नरेश तुरहा र केन्द्रीय सदस्य सुमन यादव रह्नु भएको थियाे ।
साे अवसरमा राष्ट्रिय युवा संघ रौतहटको संयोजक बालाशंकर कुशवाह,माैलापुर वडा नम्बर ३ का वडा अध्यक्ष महेश महताे काेईरी,राजेश राैनियार लगायतकाे उपस्थिति रहेको थियाे ।
साे अधिवेशन बाट नयाँ कार्यसमिति समेत गठन गरिएको छ । गठित समितिकाे अध्यक्षमा संजय साह,सचिवमा रंजित पटेल सहित ५१ सदस्यीय समिति गठन गरिएको संघका केन्द्रीय सदस्य तुरहाले जानकारी गराउनु भएको हाे ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड