July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरियामा कर्मचारीकाे अभावमा कामकाज प्रभावित

मधेश खबर राैतहट,१३ गते साउन
राैतहटकाे कटहरिया नगरपालीकामा कर्मचारीको अभावमा सेवाग्राहीको अधिकांश सेवा प्रभावित भएको सेवाग्राहीहरुको गुनासो रहेको छ । नगरपालीका अन्तर्गत विभिन्न वडा , फाँट र कार्यालयमा कार्यरत रहेका करार , अस्थायी तथा ज्यालादारीका करिब ७०/७५ जना कर्मचारीहरु श्रावण देखि थप म्याद नगरे पछि श्रावण १ गतेबाट आ-आफ्नो काममा नगएको र त्यसको सट्टामा अर्को विकल्प नदिएकोले फाट खाली रहेका कारण जग्गाको महसुल , विद्युतको बिल , सिफारिस , विद्युतको बिल भुक्तानी गर्ने भपाई , जन्म दर्ता , विवाह दर्ता तथा नागरीकता सिफारीस समेत हुन नसकेको सेवाग्राह कटहरिया नगरपालिका वडा नम्बर २ हथियाही सहित ४ जना राम जी ठाकुर दयालि राय यादव, गुल महम्मदहरुको गुनासो रहेको छ ।
विगत केहि दिन देखि नगर प्रमुख अजय प्रकाश जयसवाल र ठिक समयमा नगरपालिकामा आउने नगरेको र फाँटमा आवश्यक कर्मचारहिरु नबस्ने गरेका आफुहरु सो उल्लेखित कामका लागि गत ४ दिन देखि नगरपालीका जाने र सेवा नपाई फर्किने गरेको उनिहरुको दुखेसो रहेको छ ।
गत शुक्रबार साउन ०६ गते दिउँसो १ बजे सम्म नगर प्रमुख लगायत अधिकांश जिम्मेवार कर्मचारीहरु नगरपालीका तथा अन्य कार्यालयमा नआएका कारण गुनासो गर्न समेत हामी नपाई रितै फर्किनु परेको गुणासाे गरेका छन् । आज शुक्रबार सम्म पनि त्यस्तै अवस्था रहेकाे पाईएकाे छ । नगर भित्रका कार्यालयहरूमा कर्मचारीकाे अभावमा सुनसान देखिएका थिए ।
कटहरिया नगरपालिका उदाहरण मात्र हाे । जिल्लाकाे अन्य पालिका जहाँ करारका कर्मचारीहरू हटाईएका छन् त्यहाँ यस्तो समस्या देखिएको हाे ।