रौतहट श्रावण १५ गते , रौतहट
सनराइज बैंक लिमिटेड निजगढ शाखा अन्तर्गत फतुवा बिजयपुर नगरपालिका वार्ड नं १० दुधिअवामा आज एक समारोहको बीच शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भएको छ ।
सनराइज बैंक लिमिटेडका मधेश प्रदेश प्रमुख दीपक पण्डितको सभापतित्वमा भएको कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष मञ्जय चौधरीले प्रमुख अतिथिको रुपमा मैन बत्ती बालेर तथा रिवन काटेर कार्यालयको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा सूर्योदय कृषि सहकारीका सचिव अनन्त पौडेल , दशरथ प्रा बि का प्र अ सुरेन्द्र चौधरी , समाजसेवी रमेश प्रसाद खरेल , श्री मा वि दुधिअवाका वि व्य स अध्यक्ष प्रेम चौधरी , श्री मा वि दुधिअवाका सहायक प्र अ रंजन खरेल लगायतका वक्ताहरुले बैंकको आवश्यकता , महत्वसहित सहयोगको लागि प्रतिवद्धता जनाएका थिए भने बैंकका मधेश प्रदेश प्रमुखले बैंकले दिने सेवा सम्बन्धी विषयमा जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न सहकारी संस्थाको प्रतिनिधिहरू , व्यापारीहरु , समाजसेवीहरु , शिक्षकहरू , किसानहरू लगायत निजगढ , हेटौडा , गौरका सनराइज बैंकका प्रमुखहरू समेतको ठूलो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । फतुवा बिजयपुर नगरपालिका वार्ड नं १० वडा अध्यक्ष मञ्जय चौधरी र स्थानीय रामवृक्ष चौधरीको संयुक्त पहलमा उक्त सेवा सञ्चालन भएको वडा अध्यक्ष मञ्जय चौधरीले बताएको छ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान