सर्लाही १४ गते श्रवण
सर्लाहीमा टिपरको ठक्करबाट रौतहटको एक जना मोटरसाइकल चालकको मृत्यु भएको । जिल्लाको बरहथवा नगरपालिका १० किसनपुरस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१क ०१९६ नम्बरको टिपरले सोही विपरित दिशाबाट जाँदै गरेको ना२१प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ रौतहटको इशनाथ नगरपालिका ५ लक्ष्मिनियाका २६ वर्षीय मुकेश साहको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् टिपरसहित चालकलाई हिरासतमा लिएको हो । पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको छ ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय