राम प्रबेश बैठा राैतहट,११ गते साउन २०७९
राैतहट जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर १ वडा सचिव फेरिएको छ । नयाँ वडा सिचवकाे जिम्मेवारी आज देखि रामजिवन साहले पाउनु भएको छ । यस अघिका वडा सचिव शंकर यादवकाे ठाउँमा वहाँ आउनु भएको हाे ।
मंगलबारकाे दिन एक कार्यक्रमका बिच नव नियुक्त वडा सचिव साहलाई वडा अध्यक्ष भूपेन्द्र महताेले कार्यालयमा हाजिर गराउनु भएको हाे । अब देखि वडा नम्बर १ भसेढवाकाे जिम्मेवारी वहाँकाे काँधमा थपिएको छ ।
वडा कार्यालयमा हाजिर गराएपछि वहाँलाई बधाई तथा शुभकामना व्यक्त गर्दै वडा अध्यक्ष महताेले वडावासीकाे काममा ढिलासुस्ती नगरिकन राम्रोसँग गर्नु सुझाव दिनु भयाे ।
वडा सचिव साह यस अघि कटहरिया नगरपालिकाकै वडा नम्बर ८ मा वडा सचिवकाे रूपमा काम गरि सक्नु भएको छ । स्थानीय सरकारमा वहाँसँग करिब एक वर्ष जतिकाे वडा सचिवकाे अनुभव छ ।
साे अवसर वडाका कर्मचारी,जनप्रतिनिधि र स्थानीयहरूकाे उपस्थिति रहेको थियाे ।
More Stories
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न
नेपाल–भारतका स्टारको मौलापुरमा विशेष सांकृतिक कार्यक्रम, लाखौंको भिड