July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको देवाही गाेनाहीकाे उचिडिहमा निर्मित विवाह मण्डप भवन उद्वघाटनकाे पर्खाईमा

राम प्रबेश बैठा राैतहट,१२ गते साउन २०७९
राैतहट जिल्लाकाे देवाही गाेनाही नगरपालिकामा नव निर्मित विवाह मण्डप भवन उद्वघाटनकाे पर्खाइमा रहेको छ । साे नगरपालिकाकाे वडा नम्बर ७ उचिडिह टाेलमा विवाह मण्डप भवनकाे निर्माण कार्य सम्पन्न भईसकेकाे छ । उचिडिहकाे पुर्व टाेल स्थित रहेको श्रीराम जानकी मठमा विवाह मण्डप भवन तयारी अवस्थामा रहेकाे छ ।
नेकपा एमालेका यूवा नेता रूपेश पटेलकाे विशेष पहलमा संघिय सरकारकाे पर्यटन पूर्वाधार आयाेजना अन्तर्गत साे भवन तयार भएको हाे । करिब २२ लाखकाे लागतमा उक्त भवनकाे निर्माण कार्य सम्पन्न भएको यूवा नेता पटेलले जानकारी गराउनु भएको हाे ।
भवन निर्माण र रंगरोधनकाे कार्य सम्पन्न भइ उद्घाटन हुने क्रममा रहेको छ । आज साे भवनकाे स्थानीयहरू स्थलगत निरीक्षण गरिएकाे छ ।
विवाह मण्डप भनेकाे हिन्दू धर्ममा विवाह गर्ने एक पवित्र स्थान हाे । यो स्थानमा एक अग्निमण्डप, पुजारी, वर, वधु आदि बसेर विवाह कार्य सम्पन्न गरिन्छ । विवाह मण्डपलाई श्रृङ्गारेर बेहुली झै पारिन्छ । बिबाह मण्डमा बेहुलीलाई सिन्दुर हाल्ने पवित्र स्थल पनि हो । त्यहाँ यस्ताे भवन थिएन् । त्यसकै मध्यनजर गरि श्रीराम जानकी विवाह मण्डप भवन तयार पारिएको पुजारी लक्षण दास त्यागीले बताए । यस बाट गाउँवासी लाई फाईदा पुग्ने उनले बताए । भवन निर्माणकाे क्रममा गुणस्तरीय काम भएको त्यागीले बताउनु भयाे ।
मधेस तिर समान्यतया घरमै मडवा बनाई विवाह गर्ने परम्परा चल्दै आएकाे छ । ठाउँ ठाउँमा यस्ताे भवन निर्माणले उत्सुकता छाएको छ । याे भवन भविष्यमा कति प्रभावकारी हुने हाे प्रयाेग गरिने हाे,त्याे समयले बताउँला । तर हुने खानेले हाेटेल लजमा विवाह गर्ने अहिले चलन नै चलेकाे छ । लाखौंको खर्च पनि गर्ने गर्छन् । खर्चको हिसाबले सामान्य परिवारलाई याे विवाह मण्डप भवन निर्माणले सहयोग पुग्ने देखिन्छ ।