July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको माैलापुरमा अत्याधुनिक सुविधा सम्पन्न बसपार्कलाई पुर्व मन्त्री प्रभु साहले गरे उद्घाटन

रामप्रवेश बैठा,माैलापुर,१० साउन २०७९
स्मार्ट सिटीको रुपमा विकास भैरहेको रौतहट जिल्लाकाे मौलापुरमा ऐतिहासिक संरचनाको रुपमा निर्मित बसपार्क उद्घाटन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आज एक कार्यक्रमका बिच समुद्वघाटन गर्नु भएको हाे । पाँच वर्ष अगाडि पूर्व मन्त्री साहकै पहलमा ११ कराेड बजेट व्यवस्थापन गरि बस निर्माणकाे लागि काम सुरु गरिएको थियाे । जुन आज उद्घाटन गरिएको छ ।
रमन/आश्रय निर्माण कम्पनीले सघन शहरी भवन निर्माण पर्सा मार्फत काम सम्पन्न गरि मंगलबार उद्घाटन गरिएको हाे । सदरमुकाम बाहिर प्रथम व्यवस्थित अत्याधुनिक सुविधा सम्पन्न बसपार्क रहेकाे छ ।
साे बसपार्ककाे शिलान्यास पूर्व मन्त्री साहले नै गर्नु भएको थियाे भने आज वहाँले उद्घाटन समेत गर्नु भएको छ । अत्याधुनिक बसपार्कले स्थानीय क्षेत्र र लामो दुरीको चल्ने सवारी साधनको पार्किङ तथा यात्रुका लागि सहजता प्रदान गर्नेछ । साढे चार विघा क्षेत्रफलमा अत्याधुनिक डिजाइनमा बनाइएको बसपार्क मधेश प्रदेशकै सबैभन्दा व्यवस्थित गाैरव याेजना एवम् एक नमुना बसपार्कको रुपमा रहेको छ । नवनिर्मित बसपार्क मौलापुरको मात्र नभई सिंगो रौतहट जिल्लाको विकासमा एउटा कोशेढुंगाको रुपमा सावित हुने विश्वास गरिएकाे छ ।
साे बसपार्क सञ्चालनका लागि कार्यविधि समेत पारि भईसकेकाे प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी गराउनु भएको छ । बस पार्क सञ्चालन कार्यविधि २०७९ बनाईएकाे साहले भनेका छन् । साेही कार्यविधि अनुसार सञ्चालन गरिने उनले बताएका छन् ।
साे बसपार्कमा यात्रु प्रतिक्षालय,पार्किङ,गैरेज,टिकट काउन्टर,सार्वजनिक साैचालय सहित सुविधा सम्पन्न रहेको छ ।
साे अवसरमा एमाले मधेस प्रदेश उप-सचिव आरती भण्डारी,एमाले राैतहट अध्यक्ष त्रिभुवन साह, माैलापुर नगरप्रमुख रिना कुमारी साह,देवाही गाेनाही नगरप्रमुख प्रेमलाल साह,गरूडा नगरप्रमुख कन्थमनी जयसवाल, माैलापुर नपाका उपमेयर नागेन्द्र यादव,फतुवा विजयपुरका पूर्व उपमेयर कान्ति देवि महताे ,वडा अध्यक्ष मुक्तिनारायण मिश्र , वडा अध्यक्ष अनिरूद्व यादव,पूर्व वार्ड अध्यक्ष संजय साह सहित नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।