मधेश खबर अनलाईन ,गते १० साउन २०७९
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाैद्वीमाई नगर कमिटी अध्यक्षमा रामबाबु कुशवाहा निर्विरोध निर्वाचित भएका छन् । दाेस्राे नगर अधिवेशन बाट उनलाई अध्यक्षमा चयन गरिएको छ । नयाँ कार्यसमितिकाे उपाध्यक्षमा गिता देवि यादव,सचिवमा राेहित साह,सह सचिवमा प्रेमचन्द्र पटेल,संदिप साह काेषाध्यक्षमा रूपसागर उपाध्यायलाई चयन गरिएको एमालेका राैतहट अध्यक्ष त्रिभुवन साह अमरजीले जानकारी गराउनु भएको हाे ।
नव निर्वाचित पदाधिकारीहरू लाई नेकपा एमालेका केन्द्रीय सदस्य उपेन्द्र साहले टिकामाला लगाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नगर कमिटीका नयाँ पदाधिकारीहरू लाई जिल्ला अध्यक्ष साहले सपथग्रहण समेत गराएका थिए ।
एमाले नगर कमिटीकाे आयाेजनामा बाैधीमाई नगरपालिकाकाे वडा नम्बर ८ बंकुल स्थित दुर्गा मन्दिर नजिक अधिवेशनकाे लागि भेला बाेलाईएकाे थियाे ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहकाे प्रमुख आतिथ्यतामा साे नगर अधिवेशन सम्पन्न भएको थियाे ।
More Stories
रौतहटको गरुडा नगरपालिका यसै आर्थिक वर्षमा आफनै प्रशासकिय भवनमा सर्ने :- नगर प्रमुख जयसवाल
निर्माण व्यवसायी मैत्री आर्थिक कानुन बनाउन माग
मधानी महोत्सव : नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसंगै सम्पन्न