July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको बौधीमाई नगरपालिका नेकपाको दोस्रो नगर अधिवेशन भब्य रुपमा सम्पन्न

रामप्रवेश बैठा,गते १० साउन २०७९
राैतहट जिल्लाकाे बाैद्वीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेकाे दाेस्राे नगर अधिवेशन सम्पन्न भएको छ । एमाले नगर कमिटीकाे आयाेजनामा नगरपालिकाकाे वडा नम्बर ८ बंकुल स्थित दुर्गा मन्दिर नजिद कार्यक्रम आयाेजन गरिएको थियाे ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको नगर अधिवेशनकाे अध्यक्षता एमाले नगर अध्यक्ष श्रीभगवान पटेलले गर्नु भएको थियाे । कार्यक्रम सञ्चालन पूर्व वार्ड अध्यक्ष रामबाबु कुशवाहाले गर्नु भएको थियाे । कार्यक्रमकाे विशष्ट अतिथिकाे रूपमा एमालेका केन्द्रीय सदस्य एवम् राैतहट ईन्चार्ज उपेन्द्र साह रह्नु भएको थियाे ।
राष्ट्रिय गान बाट सुरू गरिएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरूकाे समझनामा एक मिनेट माैनधारण गरिएको थियाे । नगर अधिवेशनमा स्वागत मन्तव्य वयाेवृद्व एमाले नेता जयरामदासले राख्नु भएको थियाे ।
नगर अधिवेशनलाई सम्बाेधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अहिलेको गठबन्धन सरकार मुलभुत रुपमा मुलुकमा बढ्दै गएको महंगी, अनियमितता, भ्रष्टाचार एवं लुट-खसौटको अन्त्य गर्नुको सट्टा उल्टै बढावा दिन पक्षपोषण गर्दै आईरहेको आराेप लगाउनु भएको थियाे ।
साहले भने विधिको शासन र लोकतन्त्रको उपहास गर्न तल्लीन रहेकोले यसप्रति सिङ्गो देश र जनताको समयमैं गम्भीर ध्यानाकर्षण हुनुपर्ने जाेड दिएका थिए ।
कार्यक्रमलाई शुभकामना मन्तव्य राख्दै अन्य वक्ताहरूले आउँदो संघिय र प्रदेश सांसदकाे निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरू लाई जिताउन आग्रह गरेका थिए । नेकपा एमालेकाे उम्मेदवारलाई जित सुनिश्चित गराउन आग्रह गरिएकाे थियाे ।
साे अवसरमा एमाले मधेस प्रदेश उप-सचिव आरती भण्डारी,संविधानसभा सदस्य अब्दुल कलाम अजाद
एमाले राैतहट अध्यक्ष त्रिभुवन साह, माैलापुर नगरप्रमुख रिना कुमारी साह,देवाही गाेनाही नगरप्रमुख प्रेमलाल साह,गरूडा नगरप्रमुख कन्थमनी जयसवाल,माैलापुर नपाका उपमेयर नागेन्द्र यादव,फतुवा विजयपुरका पूर्व उपमेयर कान्ति देवि महताे ,वडा अध्यक्ष मुक्तिनारायण मिश्र
,वडा अध्यक्ष अनिरूद्व यादव,पूर्व वार्ड अध्यक्ष संजय साह सहित नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे । नगर अधिवेशन बाट आजै नयाँ कार्यसमिति गठन गरिने जनाईएकाे छ ।