राम प्रबेश राैतहट,०८ गते साउन
राैतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिकाकाे एक वार्डमा बिधुत पाेल तार जडान गरिएको छ । कटहरिया वडा नम्बर १ भसेढवा स्थित ब्रहम टाेलमा ४ फेज तार जडान गरिएको छ । २ फेजकाे लाईन हुँदा भाेल्टेज कम हुने लगायतकाे समस्याहरू उत्पन्न हुने गरेकाे थियाे । साे समस्या अब देखि हटने भएको छ ।
वडा अध्यक्ष भुपेन्द्र महताे काेईरीकाे विशेष पहलमा नेपाल विधुत प्राधिकरण वितरण केन्द्र माैलापुरका प्रमुख ई.संदिप कुमार दासकाे सहयाेगमा उक्त कार्य गरिएको छ ।
उक्त टाेलका २२ वटा पोलमा चार फेजकाे लाईन विस्तार गरिएको छ । विद्युत सुविधाबाट वञ्चित परिवारलाई लाइन विस्तार, जीर्ण पोल तथा विद्युतीय संरचना सुधार गर्ने सम्झौता अनुसार सिमेन्टका विद्युत्पोल फेरिएको हो ।
चार फेजकाे लाईन विस्तार भएपछि दर्जनौं घरपरिवार लाभान्वित हुने भएका छन् ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र