July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहट सुनचाँदी व्यवसायी संघकाे साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

राैतहट,०७ गते साउन २०७९
राैतहट । राैतहट सुनचाँदी ब्यवसायी संघको साताैं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार गरूडाको आशिर्वाद गेष्ट हाउसमा सम्पन्न भएको छ । उधाेग वाणिज्य संघ राैतहटका अध्यक्ष पंण्डित प्रसाद जयसवालकाे प्रमूख आतिथ्यतामा सो साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा नेपाल सुनचाँदी ब्यवसायी महासंघका मधेस प्रदेश अध्यक्ष रामजी साह बिशिष्ट अतिथिको रूपमा रहनु भएको थियो । राैतहट सुनचाँदी ब्यवसायी संघका अध्यक्ष सुरेश गहतराजको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन रामानन्द साह साेनारले गर्नु भएको थियाे । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञातअज्ञात सहिदहरूकाे समझनामा एक मिनेट माैन धारण गरिएको थियाे । कार्यक्रममा प्रमुख अतिथिले पानसमा बति बालेर कार्यक्रम समुदघाटन गर्नु भएको थियाे
कार्यक्रममा स्वागत मन्तव्य राख्दै मधेस प्रदेश अध्यक्ष रामजी साहले सुनचाँदीकाे क्षेत्रमा व्यवसायीहरू लाई व्यापार गर्न धेरै मुस्लिम रहेकाे भन्दै एउटा गहना बनाउँदा बाहिर जानुपर्ने बाध्यता रहेकाे बताउनु भएको थियाे । त्यस्ताे बाध्यता हुँदापनि प्रहरी प्रशासन बाट असहयाेग भएको भन्दै सुनचाँदी व्यवसायीलाई प्राेत्साहन गर्न आग्रह गर्नु भयाे । वहाँले देशकाे साेभा बढाउने हामी कारीगर छाैं । हामीले बनाएकाे गरगहनाहरू लाई आयात गर्ने वातावरण सरकारले मिलाई दिनु पर्छ भन्दै जाेड दिनु भयाे । जिल्लामा करिब दुई सय सुनचाँदी व्यवसायी रहेकाेले उधाेग वाणिज्य संघमा कुनै प्रतिनिधित्व नरहेकाे प्रति ध्यानाकर्षण समेत गराउनु भएको थियाे ।
कार्यक्रममा बाेल्दै वक्ताहरूले बन्दसत्र बाट चयन हुने नयाँ कार्यसमितिलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दै सुनचाँदी व्यवसायीहरूकाे हकहितमा काम गर्नु सुझाव दिएका थिए ।
कार्यक्रम नेपाल साेनार समाज राैतहटका अध्यक्ष तारकेश्वर साह साेनार,गरूडाका डिएसपि बरूण सिंह,गरूडा नगर उधाेग वाणिज्य संघका अध्यक्ष हरेन्द्र साह,कटहरिया नपाका पूर्व कार्यपालिका सदस्य रामप्रवेश साह,जयकिशाेर साह लगायतको उपस्थिति थियो ।