राम प्रबेश बैठा ,रौतहट,०२ गते असार २०७९
रौतहटको सदरमूकाम गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । एकै चोटी तिन जनाको घरमा आगलागी भएको छ । स्थानिय ढोरा चनौं, छेराही चनौं र मंगनी चनौंको घरमा आगलागी हुँदा लाखौंको धन सम्पति जलेर नष्ट भएको हो ।
आगालागीमा घरमा सबै समानहरु डढेर नष्ट भएको स्थानीयले बताएका छन् । ग्यास सिलिण्डर पडकिएर आगलागी भएको बुझिएको छ । गौर नगरपालिकाको बारुण यन्त्र दमकल समयमै पुगेर ठूलो क्षती हुन बाट जोगिएको थियो । दमकल र स्थानियको सहयोगमा आगलागि नियन्त्रणमा गरिएको थियो ।
यसै बिच खबर पाए लग्तै नगरप्रमुख शम्भु शाह आगलागी भएको ठाउँमा पुगेका थिए । पिडित परिवारलाइ प्रति परिवार २० हजारका दर तत्काल राहत प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
More Stories
प्रभु साहको प्रश्न, ‘साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा वीरगंजबासी बाचिरहदा सरकार किन मौन ?’
२१ औ शताब्दीको कार्यकर्ताले नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् : प्रभु साह
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुख पाईरहेको छ : प्रभु साह