आरके श्रीवास्तव । रौतहट । ०२ गते साउन २०७९
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक वडामा बाल संरक्षण समितिको बैठक सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर ८ पिप्रा पोखरियामा वडा स्तरीय बाल संरक्षण समितिको मासिक बैठक कार्यक्रम राखिएको थियो । वडा कार्यालयको कक्षमा वडा अध्यक्ष समिश बिक्रम साहको अध्यक्षतामा बैठक बसेको थियो ।
रौतहट जिल्लाको सिमान्तकृत समुदायहरुमा बाल संरक्षण र कल्याण सुनिश्चितता परियोजना अन्तर्गत सो समिति चलिरहेको छ । इस्लामिक रिलिफ नेपालको सहयोग र आरडिसि नेपालको सहकार्यमा सो परियोजना संचालनमा रहेको छ ।
वडा स्तरीय बाल संरक्षण समितीको हरेक महिना बैठक बसी छलफल गर्ने गरेका छन् । सो अवसरमा वडाध्यक्ष साह सँगै, वडा सचिव जयराम साह , मुकुन्द नारायण यादव , छोटेलाल यादव,सरोज जयसवाल,कृष्नन्दन साह सहित दर्जनौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय