रामप्रवेश बैठा,रौतहट,०१ गते साउन
रौतहटमा बहुप्राविधिक शिक्षालयका एक जना प्रमुख माथि सांघातिक आक्रमण भएको छ । जिल्लाको मौलापुर नगरपालिकामा रहेको मौलापुर बहुप्राविधिक शिक्षालयका प्रमुख मुकेश यादवमाथि आइतवार बिहान आक्रमण भएको छ । केही व्यक्तीहरुले शिक्षालयका प्रमुख यादवमाथि आक्रमण गरेका हुन् ।
शिक्षालयमा अध्ययनरत्त तिन जना बिधार्थीहरुलाई निलम्बन गरिएपछि विवाद चर्किएको बुझिएको हो । निलम्बित विद्यार्थीका अभिभावक तथा आफन्तहरु आक्रोशित भएर प्रमुख यादवमाथि आक्रमण गरेको स्थानीयको भनाइ छ ।
शिक्षालयका प्रमुख यादव माथि आक्रमण भएपछि शिक्षालयका विद्यार्थीहरु मौलापुरको आइटी चौकमा टायर बालेर आन्दोलन गरेका थिए । घटनामा संल्गन रहेको भन्दै प्रहरीले रोहित साह, बलिराम साह र विरोधी पटेल लाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।
मौलापुर अवस्था तनावपूर्ण भएपछि इप्रका देवाही, कोपवा, लक्ष्मीनिया बाट थप प्रहरी परिचालन गरिएको थियो । त्यस्तै सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय