July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गरुडामा खानेपानीको हाहाकार,पुगेन नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको ध्यान छैन

मधेश खबर ,रौतहट,गते ३० असार २०७९
रौतहटको गरुडामा खानेपानीको हाहाकार भएको छ । गरुडामा रहेको पानी टंकीको धारामा पानी आउन छोडेपछि पानीको हाहाकार भएको छ । उक्त पानी टंकीबाट गरुडा नगरपालिकाको गरुडा गाँउ,बजार लगायतको गाउँको घरघरमा धारा जडान गरिएको छ । तर गरुडा पानी टंकीबाट जडान गरिएको धारामा केहि दिन देखि पानी आएकै छैन् । खानेपानीको धारामा पानी नआएपछि उपभोक्ताहरुलाइ खानेपानीको समस्या भएको छ ।
धारामा पानी आउन छोडेपछि गरुडा खानेपानीका सयौं उपभोक्ताहरु लाइ सास्ती खेप्नु परेको छ । स्वच्क्ष खानेपानीको अभावमा गरुडा खानेपानी आयोजनाका उपभोक्ताहरु हैण्डपाइपको दुषित पानी पिउन बाध्य भएका छन् । गरुडा खानेपानी उपभोक्ता समितिको ढिला सुस्ती एवं लापरवाहीको कारण धारामा पानी आउने छोडेको स्थानीय उपभोक्ताहरुले बताएका छन् । धाराको पानीका लागि आफूहरु प्रत्येक महिना शुल्क बुझाउँदै आएपनि विगतमा पनि बारम्बार खानेपानीको समस्या हुँदै आएको उपभोक्ताहरुको गुनासो रहेको छ ।
धारामा पानी आउन छोडेपछि पानी दिनका लागि गरुडा खानेपानी उपभोक्ता समिति कुनै चासो नलिएको उपभोक्ताहरुको भनाइ रहेको छ । धारामा पानी नआएपछि हैण्ड पाइपकोे दुषित पानी पिउनाले विभिन्न किसिमको रोग लागन सकने भन्दै उपभोक्ताहरु तत्काल धारामा पानी दिन समिति सँग माग गरेका छन् ।
यति हुँदा पनि नगर प्रमुख कन्थमनी जयसवालको ध्यान पुगेको छैन् । नगरपालिकामा यतिका स्रोत साधन हुँदा पनि खानेपानी सञ्चालन गराउन सक्नु भएको छैन् । यस विषयमा खानेपानी उपभोक्ता समिति र नगरप्रमुख सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् ।