बिरगंज पर्सा पवन कुमार
असाढ ३० गते
जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार(अजय सरार्फ) ज्युले पर्सा क्षेत्र न:-१ का निर्वाचित मन्त्री प्रदिप यादवलाई नेपाल सरकारको वातावरण तथा वनमन्त्री बनाउनमा अहम भुमिका निर्वाह गरी सिफारिस गरिदिएकोमा १ के.जी.चान्दीको छाता बनाई उपहारस्वरुप प्रदानगरि सम्मान गरेका गरेका छन्। जिल्ला समन्वय समितिका अध्यक्ष अजय सरार्फले पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव मधेसको रियल हिरो रहेकामा कुनै दुईमत छैन भने दाबी समेत गरेका छन्।पर्सा जिल्लाका नेता तथा कार्यकर्ताहरुमा अध्यक्ष उपेन्द्र यादव प्रती निकै सहानुभूति र उनले पर्साका जनतालाई प्रदिप यादव जस्ता नेतालाई मन्त्री बनाएर सेवाको मौका प्रदान गर्नुभएकोमा उनको त्यो योगदान पर्सावासीले कहिले नबिर्सिने गुण लगाएका छ्न। भने आफ्नो धारणा सभापति अजय सरार्फले व्यक्त गर्नुभएको थियो।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान