July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको श्री मावि विजयपुरका अवकाश प्राप्त प्रअ सुदामा यादवले २४ बर्ष देखि एउटै बिधालयमा काम गर्नु भएकोले भब्य रुपमा विदाइ

राम प्रबेश बैठा रौतहट,३० गते असार २०७९
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा विदाइ समारोह कार्यक्रम सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको श्री माध्यमिक विधालय विजयपुरमा प्रांगणमा विदाइ कार्यक्रम आयोजन गरिएको थियो । विधालय परिवारको आयोजनामा भएको कार्यक्रममा रिटायर्ड प्रधानाध्यापक सुदामा राय यादव लाइ सो कार्यक्रमका बिच विदाइ गरिएको हो ।
राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात शहिदहरुको समझानामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा जिल्ला समन्वय समिति रौतहटका सभापती रामअयोध्या राय यादव रह्नु भएको थियो । भने विशिष्ट अतिथीको रुपमा नेपाली काँग्रेसका जिल्ला सभापती एवम् संविधान सभा सदस्य पूर्व सांसद जितेन्द्र यादव उर्फ सुनिल रह्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विधालयका प्रधानाध्यापक शंकर राय यादवले राख्नु भएको थियो । कार्यक्रममा रिटायर्ड प्रधानाध्यापक यादवलाइ माला,खादा र मायाको चिन्हो प्रदान गरी सम्मान पूर्वक विदाइ गरिएको छ ।
कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्व सांसद यादवले प्रअ सुदामा राय यादवले विधालयमा खेलेको भूमिका लाइ स्मरण गराउँदै सराहना समेत गर्नु भएको थियो । साथै देशमा उतपन्न आर्थिक संकट सँग जुध्न सबै जना मिलेर जानुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्दै पूर्व प्रअ सुदामा राय यादवले सम्मान गर्नु भएकोमा सबै जनाप्रति हार्दिक अभार प्रकट गर्नु भएको थियो ।
सो अवसरमा जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय सिंह,शिक्षा संयोजक तेजनारायण यादव, शिक्षक संघ मधेश प्रदेश उपाअध्यक्ष राममंगल यादव,शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादव,जनप्रगतिशील मञ्च रौतहटका अध्यक्ष धर्मेन्द्र सिंह,मावि कटहरियाका प्रअ योगेन्द्र कुशवाहा,श्री बहुमुखि क्याम्पस कटहरियाका प्रमुख गजेन्द्र यादव,श्री मावि टेंग्राहाका प्रअ अनिल यादव,पूर्व शिक्षा संयोजक बुनिलाल यादव,पूर्व प्रअ राजकिशोर यादव सहित विभिन्न विधालयमा प्रअ,शिक्षकहरु,विधार्थीहरु लगायत भद्रभलादमी,बुद्धिजिवी शिक्षाप्रेमीहरुको उपस्थिती रहेको थियो ।