July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरियामा मासु मिसन कार्यक्रमःकाखापाखागरी समूह छनौट गरेको गुणासो

मधेस खबर,रौतहट,३० असार २०७९
रौतहट जिल्लाको कटहरियामा पशु सेवा शाखाको चरम लापारवाही देखिएको छ । कटहरिया नगरपालिकामा मासु मिसन कार्यक्रम अन्तर्गत बाख्रा प्रबद्र्धन कार्यक्रममा काखापाखा गरिएको गुणासो बाहिर आएको छ । बाख्रा वितरणका लागि छनौट गरिएको समूहमा मान्छे हेरी हेरी समूह छनौट गरिएको खुलासा भएको छ । आफनो मनोमानी तरिकाले समूह छनौट गरिएको छ ।
संघिय सरकारको सशर्त कार्यक्रम अन्तर्गत कटहरिया नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्मको सबै वडामा मासु मिसन कार्यक्रम अन्तर्गत बाख्रा प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । जसको लागि सबै वडामा कृषक समूह गठन गरि बाख्रा वितरण गर्नु पर्ने छ । सबै वडा बाट एक एक समूह छनौट गर्नुपर्ने थियो त्यस्तो नगरी ६ वटा समूहलाइ मात्र छनौट गरेको पाइएको छ ।
कटहरियामा मासु मिसन कार्यक्रमको लागि आ.व.२०७८।७९मा यो कार्यक्रम सञ्चालनको लागि करिब १२ लाख भन्दा बढीको बजेट छुट्टयाइएको कार्यालय प्रमुख अमोद कुमार पटेलले जानकारी गराएका हुन् । पशु सेवा शाखा कटहरियामा यस विषयमा बुझदा जनजागरण बाख्रा पालन कृषक समूह कटहरिया १,एकिकृत पशुपालन तथा कृषि समूह कटहरिया ५,माँ भगवती बाख्रापालन कृषक समूह कटहरिया ४ , बौधीमाइ कृषक समूह कटहरिया ७,जय माँ बौधीमाइ कृषक समूह कटहरिया ८ र आय आर्जन कृषक समूह कटहरिया ९ लाइ छनौट गरिएको जानकारी गराइएको हो ।
पशु सेवा शाखा कटहरियाले राजनितीक दबाबका कारण काखापाखा गरेको बुझिएको छ । यस विषयमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटका कार्यालय प्रमुख एवम् पशु विकास अधिकृत डा.रामपवित्र दास सँग बुझदा यस विषयमा आफूले बुझेर जवाफ दिने बताउनु भयो ।