July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्याजको बोरामा लुकाई १० लाख अबैध रकम ल्याउने भारतीय नागरिकलाई गरे सशस्त्र प्रहरी पक्राउ

अभिमनु पटेल,रौतहट, २३ असार । भारतबाट नेपाल भित्रयाउने क्रममा एक जना भारतीय नागरिक सहित १० लाख नेपलाी रकम पक्राउ भएको छ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ६ चमना टोल स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको बि.आर ०५ यू ५१६५ नम्बरको ग्लयाम्बर मोटरसाईकललाई सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि.रामपुरखाप रौतहटबाट खटिई गएको टोलीले चेकजाँच गर्ने क्रममा भारतको मोहमद साहिद मार्ग मुम्बई सेन्ट्रल महाराष्ट्र बस्ने वर्ष २६ को मो. कमरे आलमले प्याज राखेको बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको रकमको श्रोत नखुलेको दश लाख र भारतिय रुपैया बाह्र हजार पाँच सय नगद बरामद सहित एक हुण्डी कारोबारीलाई सशस्त्र प्रहरी रामपुर खापले पक्राउ गरेको छ । रामनगर हुदै जयनगर जाँदै गरेको ग्लयाम्बर मोटरसाइकललाई शंका लागि रोकी जाँच गर्दा दश लाख स्रोत नखुलेको रकम सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट श्रोत नखुलेको नेपाली दश लाख बरामद गरिएको रामपुर खाप सशस्त्र प्रहरी बल रौतहटका प्रहरी उपरीषक ध्रुब कार्कीले जानकारी दिए ।
रकम सहित पक्राउ परेका मोहम्मद विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए । व्यक्ति र नगद सहित भन्सार कार्यालय थप्प अनुसन्धानको लागि बुझाईएको छ ।